logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बर्दिबासमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार यात्रुको मृत्यु


  • जन आकाश
  • शुक्रबार, माघ २६ २०८०

काठमाडौँ । महोत्तरीको बर्दिबासमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय जयहरि घिमिरे छन् ।



बिहान १ बजेतिर बर्दिबास नगरपालिका–४ स्थित माइस्थानमा बा.४० प ४९४० नम्बरको मोटरसाइकललाई ना. ५ ख ८५८७ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एक जना अधिकृतले जानकारी दिए ।  ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend