जन आकाश
काठमाडौं । कपाल हेरचाहको क्षेत्रमा एक विश्वसनीय नाम लिभोन कानुनी रूपमा आफ्नो विवाह दर्ता गर्ने दक्षिण एसियाकै पहिलो समलिङ्गी जोडी दीप्ती र सुप्रितासँगै आफ्ना सबै जीवन्त रङहरुमा रंगिएर प्रेमको उत्सव मनाएको छ।
लिभन समेतको सहनिर्माणमा बनेको एक भिडियोमा कैद गरिएको उनीहरूको यात्राले हामीलाई आफ्नो अस्तित्वलाई स्वीकार गर्न र समान प्रेमका लागि उभिन प्रेरित गर्दछ । आफ्ना उत्पादनहरू मार्फत् जीवनका विविध रङहरू मनाउँदै आएको लिभोनले आज उनीहरूको मायाका जीवन्त रङहरूको उत्सव मनाउँदैछ ।
दीप्ती र सुप्रिताले आफ्नो नयाँ अध्याय सुरु गरेकोमा लिभोन उनीहरूलाई हृदयदेखि नै बधाई र सुखमय दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दछ । हामी तपाईंलाई उनीहरूको कथा हेर्न र प्रेमका जीवन्त रङहरूले विविध स्वरुपमा पोतिएको संसारलाई अवलोकन गर्न आमन्त्रित गर्दछौं ।#keepingyourcolors हामी यहाँहरुको जीवन रङ्गीन र उज्यालो पार्दै रहने छौं ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend