logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेपाल टेलिकमको नयाँ अफर सार्वजनिक


  • जन आकाश
  • आइतबार, फाल्गुन ६ २०८०

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा वीर शहिदहरुको सम्मानार्थ शहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ । सो अफर आज (२०८० फागुन ६) देखि प्रारम्भ भएको छ र आगामी फागुन १२ सम्म उपलब्ध हुनेछ ।



ड्ड यस अनुसार नेपाल टेलिकमले देशमा प्रजातन्त्र/लोकतन्त्र/गणतन्त्र प्राप्तिको लागि आहुति दिने वीर शहिदहरुको सम्मानार्थ शहिद परिवारलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराउने छ । साविक बमोजमको अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिन सम्म सो Resource नमिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने छ ।

एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको Yearly One TimeKofs प्याकेज र Combo Yearly One Time प्याकेजमा सहुलियत प्रदान गरिएको छ ।

ड्ड कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ । यस अन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ ।

आगामी फागुन १२ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ । यस अफरबाट सेवाग्राहीले लाभ लिनुहुने अपेक्षा कम्पनीको रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend