logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

देशभरका लघुवित्त पीडितहरू काठमाडौँमा


  • जन आकाश
  • आइतबार, फाल्गुन ६ २०८०

काठमाडौँ । आज देशभरबाट करिब ३ हजार लघुवित्त तथा वित्तीय पीडितहरू काठमाडौँमा आइपुगेका छन् । उनीहरू आउने क्रम जारी रहेको सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीले जानकारी दिए । करिब ६ दिन लगाएर एक हजारभन्दा बढी पीडितहरू मुस्लिन हुँदै काठमाडौँ आइपुगेका हुन् ।



सरकारले समिति बनाएर पनि केहि काम नगरेकोले पुनः सरकारलाई झकझकाउन आएको बर्दियाका पीडित जीवन सुनारले बताए । मुग्लिनबाट हिँडेका उनीहरू ६ दिनका दिन हिजो साँझ थानकोटस्थित त्रिभुवन पार्कमा आएर बास बसेका थिए । आज उनीहरू थानकोटबाट र्‍यालीसहित कलङ्की हुँदै तीनकुने गएर बस्ने र सोमबारदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने अध्यक्ष ज्ञवालीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend