logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

पपुआ न्यू गिनीमा गोली हानेर ५३ जनाको हत्या


  • जन आकाश
  • सोमबार, फाल्गुन ७ २०८०

काठमाडौं । पपआ न्यू गिनीमा दुई आदिवासी समुदायबीच हिंसा भड्किँदा ५३ जनाको हत्या भएको छ ।



यो घटना सुदूर हाइल्याण्ड क्षेत्रमा पर्ने एंगा प्रान्तमा आइतबार भएको हो । समाचार एजेन्सी एपीका अनुसार घात लगाएर बसेकाहरुले एक्कासी आक्रमण गरेका थिए । एपीले यस राजधानीको प्रहरीलाई सोधिएको तर कुनै उत्तर नपाएको जनाएको छ । बीबीसीले भने राष्ट्रिय प्रहरी प्रवक्ताले एंगा प्रान्तमा गोली हानेर मानिसहरुको हत्या भएको पुष्टि गरेको जनाएको छ ।

यसैगरी एबीसीले शवहरु प्रहरीको ट्रकमा राखेर ओसारिएको फोटो सार्वजनिक भएको जनाएको छ । दक्षिण प्रशान्त द्वीप राष्ट्र पपुआ न्यू गिनीमा सुरक्षा व्यवस्था चुनौतीको विषय बन्ने गरेको छ । गत जनवरी महिनामा पनि त्यहाँ १६ जनाको हत्या भएको थियो ।

उक्त घटनापछि देशमा आपतकाल घोषणा गरिएको थियो भने केही सरकारी सुरक्षा अधिकृतहरु निलम्बनमा परेका थिए । पपआ न्यू गिनी विकासशील देशमा गनिन्छ । यहाँ ठूलो संख्यामा आदिवासी जनजातीहरुको बसोबास छ भने करिब ८०० भाषा बोलिन्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend