logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३० औं वार्षिक साधारण सभा सम्पन्न


  • जन आकाश
  • सोमबार, फाल्गुन ७ २०८०

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३० औं वार्षिक साधारण सभा (मर्जर पछिको पहिलो साधारण सभा) २०८० फाल्गुन ६ गते अनमोल ब्याङ्गकेट, शंखमुल काठमाण्डौंमा सफलता पूर्वक सम्पन्न भयो ।



साविकको यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. र साविकको अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए (मर्जर) पश्चात संयुक्त रुपमा श्री यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट मिति २०८० जेठ १४ गतेबाट एकीकृत कारोबार भएको थियो ।

मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी रु १,९०,४५,६८,०००/- कायम भएको थियो । सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/-८० को साविक अजोड इन्स्योरेन्स लिमिटेड साथै यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८० साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरियो । आर्थिक वर्ष २०८०/८१ का लागी बाह्य लेखापरीक्षक  जे.बि. राजभण्डारी एण्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरियो ।

कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.२६१२ (दश दशमलव दुई छ एक दुई) प्रतिशतले हुन आउने रकम रु.१९,५४,३२,०००/- (अक्षरेपी उन्नाइस करोड चौवन्न लाख बत्तीस हजार) र कर प्रयोजनका लागि नगद लाभांश ०.५४०१ (शून्य दशमलव पाँच चार शून्य एक) प्रतिशतका दरले हुने रकम रु.१,०२,८५,८९४/७४ (अक्षरेपी एक करोड दुई लाख पचासी हजार आठ सय चौरानब्बे र चौहत्तर पैसा) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने तथा सोहि बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरियो ।

यसैगरी नियमावलीमा संचालकको संख्या र कार्यकाल र नियुक्ती सम्बन्धमा आवश्यक संशोधन गर्न स्वीकृति प्रदान गरियो । साथै संचालक समितिको सदस्यहरुको निर्वाचन भई संस्थापक शेयरधनीतर्फ  अजाद श्रेष्ठ,  प्रणव कुमार दास (प्रतिनिधि सि.जि. फुडस् नेपाल लि. को तर्फबाट) र  बलराम खनाल (प्रतिनिधि   चौधरी ग्रुप प्रा.लि.को तर्फबाट) निर्विरोध निर्वाचित हुनुभयो भने सर्वसाधारण शेयरधनीतर्फ  पानु दत्त पौडेल र शम्भु अधिकारी निर्विरोध रुपमा निर्वाचित भए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend