logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ट्याक्सी यातायात व्यवसायीहरू आन्दोलित


  • जन आकाश
  • बुधबार, फाल्गुन ९ २०८०

काठमाडौँ । ट्याक्सी यातायात व्यवसायीहरू आन्दोलित भएका छन् । ‘सम्पूर्ण ट्याक्सी यातायात व्यवसायी तथा स्वरोजगार मजदुर संयुक्त सङ्घर्ष समिति’ को नाममा आन्दोलन सुरु भएको हो ।



उच्च अदालत पाटनले ट्याक्सीको राष्ट्रिय मापदण्डको बारेमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को नाममा जारी गरेको परमादेश हुबहु कार्यान्वयन गरिनुपर्ने, ट्याक्सी सट्टाभर्नामा बजार प्रतिस्पर्धा नगराई लगाइएको एकाधिकार तोकिनुपर्ने, निजी दुई तथा चार पाङ्गे् सवारी साधनहरूले भाडामा मान्छे ओसार्ने काम बन्द गर्नुपर्ने उनीहरूको माग छ ।

सङ्घर्ष समितिका संयोजक पपिन्द्र बाराकोटी मगरले अस्थायी बाटो इजाजत (पटके) अनलाइन वा २४ सैं घण्टा खुल्नेगरि उपत्यकाको सबै नाकाबाट दिईनुपर्ने लगायतको माग पनि आफूहरूको रहेको बताए । ट्याक्सीसहित सडकमा आएका उनीहरुले राजधानीमा आफ्नो मागपत्र समेटिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend