जन आकाश
डोनेट्स्क । पूर्वी युक्रेनमा गरिएको दुईवटा मिसाइल आक्रमणमा कम्तीमा ६० रुसी सैनिकको मृत्यु भएको छ । रिपोर्टका अनुसार यी सैनिकहरू रुसले कब्जा गरेको भागको प्रशिक्षण क्षेत्रमा उपस्थित थिए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका रक्षामन्त्री सर्गेई शोइगुबीच भएको भेटवार्ताभन्दा केही घण्टाअघि यो आक्रमण भएको हो । बैठकमा सर्गेई शोइगुले केही मोर्चामा रुसको सफलताको दाबी गरे । उनले हालै कब्जा गरेको अद्वविका क्षेत्रको बारेमा पनि कुरा गरेका थिए । यद्यपि, उनले डोनेट्स्क क्षेत्रमा भएको घटनाको उल्लेख गरेनन् ।
रुसी सेनाको ३६औँ मोटराइज्ड राइफल ब्रिगेडले आफ्नो मेजर जनरल ओलेग मोइसेभलाई ट्रुडोभस्के गाउँ नजिकैको तालिम केन्द्रमा पर्खिरहेको बेला घटना भएको रिपोर्टहरूमा बताइएको छ। आक्रमणबाट बचेका एक सिपाहीले घटनापछि बनाइएको भिडियोमा ब्रिगेड कमाण्डरले उनीहरुलाई खुला आकाशमुनि खडा गरेका थिए । त्यति नै बेला कथित रूपमा दुईवटा मिसाइलहरू त्यहाँ खसे, जुन अमेरिकी निर्मित एचआईएमएआरएस प्रक्षेपण प्रणालीबाट प्रहार गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend