logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते


  • जन आकाश
  • बिहिबार, फाल्गुन १० २०८०

जनकपुरधाम । सर्लाहीको बरहथवामा मजदुर सवार ट्याक्टर बागमती नहरमा खस्दा दुईजनाको मृत्यु भएको छ । अन्य ७ जना घाइते भएका छन् ।



मृत्यु हुनेमा बाराको गढीमाई नगरपालिका ९ का ५५ वर्षीय जयलाल सहनी र गढीमाईकै ५० वर्षीय रामनाथ सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ । सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपेन्द्र पञ्जियार थारुका अनुसार आलु खन्न गइरहेका मजदुर सवार ट्याक्टर बरहथवा नगरपालिका १५ स्थित बागमती नदीको नहरमा खसेर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुने जयलाल सहनीले ट्याक्टर चलाइरहेका थिए । उनी ट्याक्टर धनी हुन् । घाइते ७ जनामध्ये आकाश सहनी र किसन सहनीको अवस्था गम्भीर छ । दुबै जनालाई उपचारको लागि वीरगञ्ज रेफर गरिएको डीएसपी थारुले बताए ।

अन्य समान्य घाइते पाँचजनाको गौर र गरुडामा उपचार भइरहेको छ । त्रिव्रगतिको कारण अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend