जन आकाश
रामेछाप । रामेछाप जिल्लाको गोकुलगगा गाउपालिका वाडन ३ पात्ले डाडामा स्थापित गोकुलगगा माविको स्वर्ण जयन्ती हजारौं मानुभावहरुको उपस्थितिमा गोकुलगगा माविका विध्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर सुनुवारको सभापतित्वमा, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख अतिथिमा रामेछाप जिल्लाका प्रतिनिधिसभा सदस्य पुर्ण बहादुर तामाङ्को विशिष्ट अतिथि, बागमती प्रदेश सभासद आनन्द कुमार श्रेष्ठ, मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी अनिता निरौला, जिल्ला समन्वय चिना कार्की, गोकुलगगा गाउपालिकाका अध्यक्ष,उपाध्यक्ष,गोकुलगगा गाउपालिका निवर्तमान अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, विभिन्न क्षेत्रका ब्यात्तित्वहरु राजनितिक दलका प्रतिनिधिहरू लगायतको उपस्तिथिमा भव्य कार्यक्रम भएको हो।
कार्यक्रममा आमन्त्रितहरुलाइ स्वर्ण जयन्ती आयोजक समितिका सदस्य लोक बहादुर सुनुवारले स्वागत मन्तव्य सहित स्वागत गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य देवराज घिमिरेले गोकुलगगा गाउपालिकाको भुगोल, कृषि उत्पादन, जलविद्युत, पर्यटन, जडिबुटी लगायत थुप्रै सम्भावना बोकेको पालिका भएको बताए उनले अर्को प्रसङ्गमा गोकुलगगा माविको महत्त्वपूर्ण सवर्ण जयन्ती समारोहमा बोलाएर अवसर दिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु भनि धन्यवाद दिए।
सभामुख घिमिरेले शिक्षा एन छलफलमा छ यो चाडै पास हुने कुरामा आफु विश्वत रहेको बताएका थिए।
कार्यक्रमलाइ सम्बोधन गर्दै गोकुलगगा माविका प्रधानध्यापक छत्र बहादुर सुनुवारले गोकुलगगा माविको स्थापना काल देखि बर्तमान अवस्था सम्मको जानकारी दिएका थिए।
कार्यक्रममा मावि स्थापना गर्ने प्रधानद्यापकका आफन्त, अध्यक्षका आफन्त, सिक्षक लगायतलाइ प्रमुख अतिथिको हाततवाट सम्मान पत्रले सम्मानित गरिएको थियो।
आमन्त्रित अतिथिहरु मध्यवाट प्रतिनिधित्व गरि प्रतिनिधि सभा सदस्य पुर्ण बहादुर तामाङ, प्रदेश सभासद आनन्द कुमार श्रेष्ठ, गोकुलगगा गाउपालिका अध्यक्ष काजी बहादुर खडका, गोकुलगगा गाउपालिका निवर्तमान अध्यक्ष खडक बहादुर सुनुवार, रास्वपाका रामेछापका प्रतिनिधि बिष्णु कार्की लगायतले आ- आफ्नो धारण राखेका थिए।
सभामुख घिमिरेको पुर्ख्यौलि थलो रामेछाप नै भएको हुनाले घिमिरे गोकुलगगा आउने थाहा पाएपछि पालिका प्रबेश द्वार फर्पुदेखि नै स्वागत गर्न मानिसहरुको भिड लागेको थियो।
सभामुख घिमिरेलाइ गोकुलगगा माविको प्रबेशमा सिन्धुलिदेखि झिकाइएका सिन्धुलि नाचघरका कलाकारहरुले पन्चेबाजाको झाकि सहित प्रबेमा स्वागत गरेका थिए।
त्यसैगरी गोकुलगगा माविका विद्यार्थीहरुले सभामुखलाइ हातमा गुराँसको फुलले स्वागत गरेका थिए। स- सना बालबालिकालाइ सभामुखले हातले हात समाउदै गालामा मायालु स्पर्स गरेर हौसला दिएका दृश्यले मानिसहरुलाइ भावुक बनाएको थियो।
कार्यक्रमको सञ्चालन बिष्णु प्रसाद पौडेल पहिलो चरणमा र दिस्रो चरणमा गुणा बहादुर बिकले गरेका थिए।
कार्यक्रम अवेरसम्म नसकिएपछि बाकि १६ गते समापन गर्नेगरि थाति राखिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend