जन आकाश
काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आज काठमाण्डौ महानगरपालिका वार्ड नं. ०१ सँगको सहकार्यमा “सनविथ कम्युनिटि”कार्यक्रमको शुरुवात गरेको छ ।
सन सेक्युरिटिज प्रा.लि.को कार्यालय नक्सालमा काठमाण्डौ महानगरपालिका वडा नं. ०१ मा बसोबास गर्ने स्थानीय वासिन्दाहरुलाई समेटेर कार्यक्रमको थालनी गरिएको हो । कार्यक्रम अन्तरगत सन सेक्युरिटिज प्रा.लि.ले वडा नं.०१ का स्थानीय वासिन्दाहरुलाई शेयर बजार तथा लगानी सम्बन्धी १ दिने तालिम तथा सचेतना प्रदान गरिएको छ ।
दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालित कार्यक्रममा काठमाण्डौ महानगरपालिका वार्ड नं. ०१ का सचिव सर्वज्ञ राजपौडेलको प्रमुख आतिथ्य तथा सन सेक्युरिटिज प्रा.लि.का कार्यकारी अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सनविथ कम्युनिटि कार्यक्रम अन्तरगतको कार्यक्रममा शेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा शेयर बजारको वर्तमान अवस्था, शेयर बजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, शेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend