logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा शुप्रभात काव्य गोष्ठी सम्पन्न


  • जन आकाश
  • आइतबार, फाल्गुन २० २०८०

काठमाडौं । नागार्जुन साहित्यिक प्रतिष्ठान,परिवर्तित नाम नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा नियमित रुपमा हरेक महिनाको तेस्रो शनिवार निरन्तर संचालन गरिने“सुप्रभात काव्य गोष्ठी” सम्पन्न गरिएको छ ।



अद्वैतमार्ग स्थित इजी वे सहकारी संस्थाको सभाहलमा प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको सभापतित्वमा तथा प्रमुख अतिथि सञ्चारिका समुहकी अध्यक्ष तथा सुपरिचित कवि बिमला तुम्खेवाको समालोचकीय भूमिका सहित अन्य १६ कवि तथा साहित्यकारहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा सुनाइएका एक दर्जन रचनाहरुको भावार्थको गहिराइको मापन गर्दै समग्रमा विश्लेषण गर्दै प्रमुख अतिथिको रुपमा रहेकी तुम्खेवाले समग्र सिर्जनाहरुले समयको आवाजका साथै युगबोध गरिएको विकृति बिसङ्गती आदि उद्बोध गरिएको तथा माया प्रेम आदीको सम्मिश्रणले स्वादिलो र समसामयिक रचना श्रवणले पुलकित बनाएको बताउँदै शाशक बर्गले ज्ञानीजनको उपेक्षा गरिने बर्तमान अवस्थालाई सुक्ष्मरुपमा विश्लेषण गरी सुन्दर ढङ्गले समीक्षा गरिएको थियो ।

उक्त कार्यक्रममा स्रष्टा पदयात्रा टोलीका महासचिव तथा कवि गङ्गा प्रसाद भेटुवालद्वारा जीवनयात्रा कविता सुनाएर कार्यक्रमको दैलो उघारेका थिए भने ‘धर्ति र मान्छे’शिर्षकमा पर्यावरणीय सचेत विद्रोहको कविता पस्किएका थिए कवि रामहरी अधिकारीले । गङ्गा खतिवडाद्वारा शालीन पोखरेलको समसामयिक विषयमा लेखिएको कविता ‘चित्कारको कानून बनाइदिनुस्’ नविन ‘पल्ल्लव’ द्वारा मुक्तक,फरकपत्रका सम्पादक तथा कवि सुशान्त न्यौपानेद्वारा समसामयिक विषयवस्तुमा आधारित सामग्री , जयराम बिडारीद्वारा मुक्तक, साकोस सञ्चारका अध्यक्ष तथा साहित्यकार राजन न्यौपानेद्वारा ‘यस्तो गर्न मन छ ‘ कविता,माधव घिमिरे ‘अटल’ द्वारा ‘शालिकको सहर’ रचना वाचन गरिएको थियो भने कवि रुबि सत्यालद्वारा ‘उजाड रङ्ग’ कविता वाचन गरिएको थियो ।

यसैक्रममा डा.टी. पि. बराकोटीद्वारा मन्दाक्रान्त छन्दमा लेखिएको ‘देश आफैं बनाऔं’ कविता वाचन गरिएको थियो।यसैगरी सुशिला शर्माद्वारा संदेश नामक छन्दोवद्ध कविता वाचन गरिनुका साथैा नागार्जुन साहित्यिक प्रतिष्ठानका निवर्तमान अध्यक्ष प्रकाश सिलवालद्वारा प्रतिष्ठानको साहित्यिक गतिविधिका साथै प्रतिष्ठानको स्थापनामा स्वर्गीय दाहाल यज्ञनिधीको भूमिकाका बारेमा चर्चा गर्दै ‘धुवाँको शरीर’ नामक कविता वाचन गरिएको थियो ।

माधव घिमिरे ‘अटल’द्वारा सुन्दर ढङ्गले सञ्चालन गरिएको उक्त कार्यक्रमलाई नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति दिल पौडेलद्वारा संस्थागत गतिविधिका बारेमा प्रकाश पार्दै ‘ट्र्यायल’ नामक यथार्थवादी कविता वाचन गरी सम्पन्न गररिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend