logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २६औं बार्षिक साधारण सभा सम्पन्न


  • जन आकाश
  • सोमबार, फाल्गुन २१ २०८०

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २६ औं बार्षिक साधारण सभा मिति २०८० साल फाल्गुण २० गते लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौंमा सम्पन्न भयो ।



साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेम राज ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थापित गर्न गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए । मिति २०८० बैशाख २७ गतेबाट साविक आइएमई जनरल इन्स्योरेन्स लि र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि बीमा क्षेत्रमा सबैभन्दा छोटो समयमा मर्जर सम्पन्न गरी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार गर्न सफल भएको र उक्त कार्यमा सहयोग गर्नुहुने कम्पनीका सम्पूर्ण शेयरधनी महानुभावहरु, नियामकीयनिकाय नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस क्लियरिड लिमिटेड, स्वदेशी तथा विदेशी पून र्बीमा कम्पनीहरु, पुन र्बीमा ब्रोकरहरु लेखापरीक्षकहरु लगायत पत्रकार जगतलाई पनिधन्य वाद दिए ।

देशको समग्र आर्थिक गतिविधिलाई चलायमान बनाई राख्नको लागि ठूला ठूला मेगा प्रोजेक्टहरुको स्थापना हुनु पर्नेमा विशेष जोड दिर्दै अध्यक्ष हेमराज ढकालले नेपालमा विकास निर्माणको लागि सड्क, जलविद्युत, कृषि, पर्यटन तथा सूचना प्रविधिको क्षेत्रमा प्रचुर सम्भावना रहेकोले सरकारले उच्च प्राथमिकताका साथ लगानी मैत्रि वातावरणको सृजना गरी स्वदेशी तथा विदेशी लगानीलाई विशेष प्रोत्साहन गर्न सके देश भित्रै रोजगारीको सृजना भई देश आर्थिक सम्बृद्धिको बाटोमा लम्किने थियो भनि सभामा आफनो मन्तव्य राखे ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend