logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गीत संगीतमा रंगीन सपना देख्दै बिक्रम कार्की


  • जन आकाश
  • मंगलबार, फाल्गुन २२ २०८०

काठमाडौं । ओखलढुङगामा जन्मेका जादुमय आवाज गायसिकमा अधभुत क्षेमता भएका बिक्रम कार्की जन आकाश मिडियाले निर्माण गरेको संगीत खबर कार्यक्रममा जोडिएकाछन् उनै नव गायकसँग गरेको कुराकानिलाई हामिले यसरी प्रस्तुत गरेका छौं ।



गीत संगीतको भबिष्य कस्तो छ जस्तो लाग्छ तपाइलाई ?
गीत संगीतको भबिष्य मचाही राम्रो नै देख्छु निरन्तरता दियो भनि असम्भव छ भन्ने हुँदैन । हुनत मलाई त्यति धेरै गीत संगीतको बारेमा थाहाँ पनि छैन् । गीत संगीत सिकेर अगाढी बढ्ने क्रममा छु । एक दिन सफल गायक बनेर देशलाई चिनाउछु भन्ने आस लिएको छु । हेरम काहाँ पुगिन्छ ।

कस्था खालका गीत सुन्ने गर्नुहुन्छ ?
म सबै प्रकारको गीत सुन्ने र गुनगुनाउने गर्छु । तर धेरै सुन्ने र गुनगुनाउने भनेको चाहिँ आधुनिक गीत नै हो । म हरेक समय गीत गुनाउने गर्छु ,मलाई गाउनको लागि कुनै समयको आवश्क पर्देन् “सुखमा दुखमा हरेक परिस्थितिमा म गीत गाउने गर्छु साथि जस्तै भइसक्यो मेरो गीत संगीत हरेक बेला गाउनु पर्ने हरेक समय सुननु पर्ने । ” गीत त म सबै प्रकारका सुन्छु तर मलाई गाउन चाहीँ आधुनिक गीत मन पर्छ ।

गीत संगीतमा लाग्न घरपरिवारबाट कस्तो खालको साथ सपोट पाउनु भएको छ ?
गीत संगीत क्षेत्रमा लाग्न मेरो घर परिवारले एकदमै साथ सपोट गर्नुहुन्छ । घर परिवारको पनि ठुलो सपना छ म स्थापित गायक भएको हेर्ने । स्कुल कलेजको साथिभाइ र  गुरुहरुले पनि धेरै सपोट गर्नुहुन्छ । म स्कुल कलेजको प्रोगाममा भाग लिएर गीत गाउने गर्थे मेरो आवाज सुनेर सबै जनाले हुटिङ लगाउदै वा बिक्रम वा भन्ने गर्थे । गीत संगीतमा लाग्न सबैको साथ सपोट पाएको छु । केही गीत बजारमा ल्याएको र लोकप्रिय कार्यक्रम इन्दे«णीमा  समेत गाउने अवसर पाएको छु ।

गीत संगीत भनेको के हो जस्तो लाग्छ ?
गीत संगीत भनेको मेरो रहर हो । मलाई सानैदेखि रहर थियो गायक बन्ने गाउँघरमा हुने मेला महोत्सब रमाइैलो पर्वमा म घरबाट भागी भागी हेर्न जाने गर्थे । गायक गायिकाले स्टेजमा गीत गायको देख्दा मलाई पनि गाउन मन लाग्थ्यो मन मनै सोच्ने गर्थे, कहिले गायक बनेको सपना देख्थे । गीत संगीतमा भबिष्य बनाउने मेरो ठुलो सपना छ ।

भोलिका दिनमा तपाईको आवाजबाट कस्ता खालका गीत दर्शकले सुन्न सक्छन् ?
भोलिका दिनमा मेरो सबै प्रकारका गीत दर्शकले सुन्न सक्छन् । अब केहि गीतको तयारिमा पनि छौ हामि । केही समय अघि महिले “गल्तिबाट धेरै कुरा सिक्न पर्ने रैछ ” बोलको गीत बजारमा ल्याएको थिए । त्यो गीतबाट दर्शक स्रोताको धेरै मायाँ पाए । सोचेको पनि थिएन छोटो समय मै दर्शकको यति धेरै मायाँ पाइन्छ भन्ने । भोलिका दिनमा दर्शकले मेरो आवाजबाट सबै प्रकारका गीत सुन्न सक्छन् । मेरो सिर्जनालाई सबैले मायाँ गरिदिनु होला भन्दै बिक्रम काकी जन आकाश मिडियासँग बताउँछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend