logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बसको ठक्करबाट पैदलयात्रिको मृत्यु


  • जन आकाश
  • बिहिबार, फाल्गुन २४ २०८०

काठमाडौं । भक्तपुरमा बसले ठक्कर दिएको पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । मंगलबार च्याम्हासिंह चोकमा बा.३ ख ६४०६ नम्बरको बसको ठक्करबाट ८५ वर्षीय विष्णुभक्त प्रजापति घाइते भएका थिए ।



प्रजापतिको उपचारको क्रममा गएराति वि.एण्ड.वि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले  बताए । जगातीबाट लिवालीतर्फ जाँदै गरेको बसले उनलाई ठक्कर दिएको हो । बस चालक काभ्रेको नमोबुद्ध घर भएका २३ वर्षीय राजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत जगातीले अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend