logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


  • जन आकाश
  • आइतबार, फाल्गुन २७ २०८०

काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका-७ का मणिराज घिमिरे रहेका छन् ।



दुर्घटनामा परी गम्भीर घाइते भएका मणिराजको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२-०३२प ३३१३ नम्बरको मोटरसाइकल शनिबार राति १२:४३ बजे सूर्यविनायक नगरपालिका-५ चुनदेवी आकासे पुल नजिक दुर्घटना भएको थियो ।

मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका-४ घर भई काभ्रेपलान्चोक जोरपाटी बस्ने ३७ वर्षीय विनोदप्रसाद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend