जन आकाश
काठमाडौं । नव लपरासी, सूर्यज्योति लाइफलले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फुलवारी सामुदायिक पुस्तका लय तथा श्रोत केन्द्र, मध्यविन्दु – ३, नवलपरासीको संयोजकत्वमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिपन्न बर्गका महिलाहरुको आर्थिक क्षमता बृद्धि गर्नका लागि निरन्तर रुपमा सिपमुलक सिलाई कटाई तालिम संचालन गर्ने उद्दश्यले १० थान सिलाई मेशिनतथा सोसंग सम्बन्धित सामाग्रीहरु हस्तान्तरण गरेकोछ ।
उक्त संस्थाले बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोगबाट वित्तिय साक्षरता, सिपमुलक प्रविधि शिक्षा, खेलकुद, जलवायु परिवर्तन न्युनिकरण, अनुकुलन सम्बन्धी गतिविधि, खेलकुद तथा साक्षरता कक्षा सम्बन्धी बिभिन्न गतिविधिहरु संचालन गर्दै आइरहेको छ । फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु – ३, नवल परासीमा आयोजित उक्त कार्यक्रममा संस्थाका अध्यक्ष, अम्बर बहादुर महतो, सचिव, काशी राम पाठक तथा संस्थाका पदाधिकारीहरु सहित रोटरी क्लव नवलपरासीका पदाधिकारी, स्थानिय जन प्रतिनिधि, तालिममा सहभागी महिला र सूर्यज्योति लाइफका क्षेत्रिय प्रबन्धक ईश्वर विकल सापकोटाको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रबन्धक ईश्वर विकल सापकोटाले उक्त कार्यक्रममा सामाग्री हस्तान्तरण गर्दै यस प्रकारको सहयोगले बिपन्न बर्गका महिलाहरुको आर्थिक क्षमता बृद्धि गर्न टेवा पुग्ने कुरामा विश्वस्त रहेको जानकारी गराए । साथै फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष महतोले विपन्न तथा पिछडिएका महिलाहरुको सीपमा विकास गरीउनीहरुलाई आर्थिक समुन्नतीको बाटोमा बढाउन सकिन्छ भनेर नै यो तालिमको आयोजना गरिएको र यसमा सूर्यज्योति लाइफले साथ दिएकोमा आभार व्यक्त गर्नु भयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend