logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

फिल्म ‘बद्री बहादुर’ आगामी चैत्र २३ गतेदेखि प्रदर्शनमा


  • जन आकाश
  • मंगलबार, फाल्गुन २९ २०८०

काठमाडौँ । फिल्म ‘बद्री बहादुर’ आगामी चैत्र २३ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । निर्माण युनिटले सोमबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको गीत ‘पुलिस दाइ’ सार्वजनिक गरेको हो ।



सार्वजनिक गीतमा अभिनेत्री पूजा शर्मा, अभिनेता सलोन बस्नेत, जयकिसन बस्नेत, राजिव बस्नेत र छुल्ठिम गुरुङको अभिनय छ । पूजा र सलोन फिल्मको यही गीतमा मात्रै देखिनेछन् । उनीहरुले फिल्ममा विशेष भूमिका निर्वाह गरेका छन् । शिवम् अधिकारीको शब्द, टंक बुढाथोकीको संगीत तथा संगीतकार बुढाथोकी र मिलन नेवारको स्वर रहेको गीतमा शिव विकको कोरियोग्राफी छ । गीतमा विनोद सापकोटाको छायांकन रहेको छ ।

रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो । विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे फिल्मको निर्मातामा हुन् । शोभित बस्नेत निर्देशित फिल्ममा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको मुख्य भूमिका रहेको फिल्ममा पूजा शर्मा, सलोन बस्नेत र निर्देशक बस्नेत स्वयंको अभिनय छ ।

फिल्ममा विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा समिर मियाँ सम्पादन छ । आरआर फिल्मसले वितरण गर्ने फिल्म काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभा क्षेत्रमा छायाङ्कन गरिएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend