logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रासुम नेपालको फागु र नारी दिवस विशेष कार्यक्रम  सम्पन्न 


  • जन आकाश
  • बुधबार, फाल्गुन ३० २०८०

काठमाडौ । राष्ट्रिय सुसेली मञ्च नेपालले यही २०८० फागुन १९ गते शनिबार नारी दिवस र फागुको अवसरमा पचासौं अनलाइन सुसेली गायन/वाचन कार्यक्रम सम्पन्न गरेको छ । फागु र नारीहरूमा समर्पित सुसेली गायन र वाचनको कार्यक्रम, सुसेली मञ्चका संस्थापक अध्यक्ष तथा सुसेली विधाका प्रवर्तक दुर्गा अधिकारी भमरकोटेको सभापतित्वमा भएको थियो भने कार्यक्रमको संचालन कवि साहित्यकार, सुसेली विधाकी अभियन्ता  तथा सुसेली मञ्च नेपलकी केन्द्रीय उपाध्यक्ष सुशीला ढकाल अधिकारीले गर्नु भएको थियो ।



फागु तथा नारी दिवस विशेष सुसेली गायन र वाचन कार्यक्रममा सरिक पच्चीस जना उत्कृष्ट सुसेली सर्जक कवि साहित्यकारहरूले त्रिपदीय नेपाली लोकलय, पुर्वीय, पश्चिमी, काँठे भाका, भजन र लोकभाका लगायत फरकफरक लयमा फागु तथा नारीहरूको सम्मानमा शुभकामना सहित सुसेली गायन र वाचन गर्दै आ-आफ्ना सुसेलीहरू प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि कलानिधी दाहालले नारी पुरुष एक अर्काका पुरक भएको हुँदा समान छन र समान हुनुपर्छ । यसको अर्को विकल्प छैन भन्नुहुँदै, फागुमा विकृति बढेको छ यसलाई सदुपयोग गरेर राम्रो पर्वको रुपमा अगाडि बढाउनुपर्ने र सुसेलीले गरेको प्रगति डाह लाग्दो भएको बिचार राख्दै आफूले फागु र नारीको सम्मानमा रचना गर्नुभएका १० वटा सुसेलीहरू लयमा गाएर सुनाउनुभयो ।

यसैगरी अर्का विशिष्ट अतिथि कृष्णदेव रिमालले नारीहरू सक्षम बनिसकेका छन, नारी पुरुषमा सहयोगी भावना हुनु पर्दछ । नारी हरूले अरूको भर नपरि आफैंले केही गर्ने हिम्मत राख्नु पर्छ भन्दै फागु र नारी सम्बन्धि सुसेलीहरू गाएर सुनाउनुभयो ।

आजको यो विशेष दिनमा दुईजना विशिष्ट कविहरू कलानिधि दाहाल र कृष्णदेव रिमाल सहित दुई दर्जन भन्दा धेरै अतिथि कवि साहित्यकारहरूलाई कार्यक्रममा स्वागत गर्दै सुन्दर लोकलयका सुसेलीहरू सुन्ने र सुनाउने अवसर पाएकोमा अत्यन्तै हर्ष लागेको र कार्यक्रम भव्य र सभ्य हुँनुका साथै कविहरूले आफ्ना उत्कृष्ट सुसेली सिर्जनाहरू फागु र नारीहरू प्रति समर्पित सुसेली गायन अत्यन्तै मन छुने हुनुका साथै उत्कृष्ट सुसेलीहरू प्रस्तुत गर्नुहुने सबै कविहरू प्रति आभार व्यक्त गर्दै सभापति भमरकोटेले कार्यक्रमलाई भव्य तथा सभ्य तवरमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद सहित

हाम्रो जमाना
मेरालागि नारी हुन्
देवी समान ।

सुसेली गाउँदै कार्यक्रमको समापन गर्नुभयो ।

कार्यक्रममा सुसेली वाचन गायनमा सरिक सहभागी अतिथि कवि साहित्यकारहरू निम्न अनुसार हुनुहुन्छ । कवि सुरेशचन्द्र घिमिरे, घनश्याम पौडेल, पवनकुमार बुढाथोकी, वासुदेव ठकुरी, द्वारिका कुइकेल, उत्तम विचार भेटुवाल, सुशील आचार्य र चन्द्रा न्यौपाने, जानुका थापा रायमाझी, विश्वनाथ ढुंगेल, डिल्लीप्रसाद मूलतिहुन, विके माकजू, ललिता दोषी, सालिकराम दाहाल, कल्पना अधिकारी भट्टराई, सफलता न्यौपाने, गंगा लिगल, कृष्णप्रसाद पौडेल जस्ताघरे । आजको सुसेली लेखन गायनमा कृष्णदेव रिमाल उत्कृष्ट हुनुभएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend