logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत्र ४ गते हुने


  • जन आकाश
  • बुधबार, फाल्गुन ३० २०८०

काठमाडौँ । राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत्र ४ गते हुने भएको छ । बुधवारको राष्ट्रिय सभा बैठकमा समिति सभापतिको निर्वाचनको मिति तोकिएको हो ।



बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचनका लागि मिति २०८० चैत्र ४ गते आइतबारको दिन तोकेको जानकारी गराए । उनले समिति सभापतिहरूको निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव डा। सुरेन्द्र अर्याललाई निर्देशन दिए ।

‘मान्य सदस्यहरू राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचनका लागि मिति २०८० चैत्र ४ गते आइतबारको दिन तोकेको छु । समिति सभापतिहरूको निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याललाई निर्देशन गर्दछु ।’

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend