logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एलजीको निशुल्क ए.सी. सर्भिस र एक्सचेन्ज क्याम्प २०२४


  • जन आकाश
  • बिहिबार, चैत्र १ २०८०

काठमाडौं । सबै मौसमका लागि एलजी ए.सी.नाराका साथ अघि बढिरहेको अन्तररास्ट्रिय ब्राण्ड एलजीले गर्मी बढे सँगै यहि चैत्र १ गते देखि सिमित अवधिको लागि नेपालका सम्पूर्ण ए.सी.का ग्राहकबर्गहरुलाई लक्षित गरी निशुल्क ए.सी.सर्भिस र एक्सचेन्ज  योजना अघि सारेको छ ।



यस योजना अन्तर्गत ग्राहकबर्गहरुले कुनै पनि ब्रान्डको ए.सी.मा निस्शुल्क ए.सी. सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो ए.सी.साट्न चाहेमा, उक्त पुरानो ए.सी.मा बिगतको भन्दा ५० प्रतिशतसम्मको थप मूल्याङकनका साथ एलजीको उच्च गुणस्तरिय ए।सी। सँग साट्न सक्नेछन् । ग्राहकबर्गहरुले www.cgelex.com/exchange मा गई आफ्नो पुरानो ए.सी. को मूल्याङकन आँफै पनि गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो सुविधा र सर्भिस लिनको लागि ग्राहकबर्गहरुले टोल फ्री नं १६६-००-१००-२११ वा ०१-५९७०२११ मा अथवा एलजीको सामाजिक सन्जाल पेज मार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्नेछ ।

रजिस्टर पश्चात एलजीका टेक्नीसियन ग्राहकहरुका घरमै गई यो सुविधा प्रदान गर्नेछन । यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले ए.सी.को रिपेयरिङ गर्दा स्पेयर पार्टस् मा ५० प्रतिशतसम्म छुटका साथै नयाँ एलजीको ए.सी.खरिद गर्दा १८ प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको छ ।

साथै ग्राहकबर्गहरुले नयाँ ए.सी.मा रु.४०००   बराबरको फ्री इन्स्टलेशन पनि पाउनेछन  । नयाँ एलजीको ए.सी. हरुमा १० वर्षको इन्भर्टर कम्प्रेसर वारेण्टी रहेको छ  ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend