logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सारमन श्री ल्वागुनको स्वरमा ‘तिम्रो मुहार’ सार्वजनिक


  • जन आकाश
  • बिहिबार, चैत्र १ २०८०

काठमाडौं । जमाना परिवर्तन भए पनि संगीत सुन्नेहरुबीच पुराना गीत र भिडियोहरुको मोह उस्तै छ । पुराना म्युजिक भिडियोको झझल्को दिने गरी सारमन श्री ल्वागुनले ‘तिम्रो मुहार’ बोलको गीत सहित म्युजिक भिडियो बजारमा ल्याएका छन् ।



उक्त गीतको शब्द सरिता श्रेष्ठको रहेको छ। सारमन श्री ल्वागुनको आवाज र भुषण खतिवडाको एरेन्ज रहेको गीतमा लक्की राज तामाङको निर्देशन रहेको छ भने सारमन श्री ल्वागुन स्वयमको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ । उक्त गीतको भिडियो सारमन श्री ल्वागुन युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

यसअघि पनि ल्वागुनले ममता एल्वमको पैलो गीत सार्वजनिक गरीसकेका छन् । ममता एल्बमका पाचँ गीत मध्य दुई गीत सार्वजनिक गरिसकेको र दर्शक स्रोताबाट राम्रो प्रतिक्रिया पाएको बाकी तिन ओटा गीत पनि छिटै बजारमा ल्याउने सारमन श्री ल्वागुन जन आकाश मिडियामा बताउँछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend