logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

बि.स्टार एकेडेमी एण्ड युनिसेक्स सलूनको चौथो वार्षिकोत्सव सम्पन्न


  • जन आकाश
  • शुक्रबार, चैत्र २ २०८०

काठमाडौँ । ४ रुपैयाँमा केश काटेर बि.स्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चौथो वार्षिकोत्सव मनाएको छ । सलूनका सञ्चालक एंव मेकअप आर्टिस्ट बिक्रम गौतमको सभापतित्वमा सलूनको बुढानिलकण्ठ नगरपालिका मेयर मीठाराम अधिकारीको प्रमुख आतिथ्यतामा,बुनपा वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराई, बुनपा वडा नं १० का वडाध्यक्ष नमराज भट्टराईको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।



प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै मेयर अधिकारीले युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेकोमा सञ्चालक गौतमलाई बधाई एंव शुभकामना व्यक्त गरे । उनले आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यसैगरी बुनपा वडा नं १० का वडाध्यक्ष नमराज भट्टराईले शुभकामना दिदै सञ्चालक गौतमको उज्वल भविष्यको कामना गरे । उनले गौतम प्रतिभाका धनी रहेको र धेरैलाई रोजगार प्रदान गरेको भन्दै प्रशंसा गरे ।

त्यसैगरी हरि निरौला कक्रोजुले सञ्चालक गौतमको प्रशंसा गर्दै मेकअप आर्टिस्ट गौतमको मेहनत र संघर्षले यो स्थानसम्म आइपुगेको भन्दै चर्चा गरे । कार्यक्रममा कलाकार दीपक आचार्य  काकुु, सागर लम्साल बले, सुबोध गौतम एकदुमेु, भरतमणि पौडेल,सुरक्षा इटानि, रश्मी पाण्डे, पवन खतिवडा, नवीन थापा, नव नवीन खतिवडा, पुरुषोत्तम आचार्य, बबिन राई, असोक धिताल, कुमार प्रयास, गोकुल अधिकारी लगायतका कलाकारले शुभकामना मन्तव्य राखेका थिए ।

सभापतित्वको रुपमा बोल्दै सञ्चालक बिक्रम गौतमले आफु ड्राइभर बन्न काठमाडौँ आएको बताउदै बि।स्टार एकेडेमी एण्ड युनिसेक्स सलून स्थपना कालदेखी हालसम्मको संघर्षको कुरा सुनाए । कार्यक्रममा कलाकार,पत्रकार,समाजसेवी एंव विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend