जन आकाश
बिनोद कार्की ।
रामेछाप । स्थानीय सरकार बनेपछि गाउँघरमा विकासका पुर्वाधारहरू धमाधम निर्माण हुन थालेका छन् । तर गाउँतिर विकास हुन थालेपछि यहाँका स्थानीय भने सहरतिर बसाइँ सर्न थालेका छन् । अहिले दिनप्रतिदिन गाउँ छोड्नेको सङ्ख्या बढ्दो क्रममा छ । केही बर्षअघि रामेछापको गर्जाङ गाउँमा कुनै सवारी साधन सञ्चालन गर्न यातयातको सुबिधा थिएन् शिक्षा स्वास्थ्य खाने पानि त झन परको कुरा थियो । कुनै सेवा सुबिधा नभएको ठाउँमा स्थानीय दुःख गरेर पनि गाउँमै बस्थे ।
तर अहिले गाउँ–गाउँमा टोल–टोलमा विकास पुगेको छ, तर मान्छे छैनन् । गाउँमा ढुङ्गा, माटो र काठले चिटिक्क बनेका घर रित्तिएर सुनसान बन्दै गएका छन् । खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छन् । स्थानीय गाउँवासीमा महत्वाकांक्षी बन्दै गएपछि गाउँ रित्तिन थालेको गर्जाङ गाउँ निकै रमाइलो भए पनि बसाइँसराइका कारण अहिले मानिसको चहलपहल हराउन थालेको छ ।
केही बर्ष अगाडी मात्र सडक जोडिएको यो बिकट गाउँमा अहिले विकासले गति लिँदै गएको छ । तर उपभोग गर्ने स्थानीय थप सेवा सुविधा खोज्दै सहर छिर्न थालेका छन् । ‘उतिबेला अहिलेको जस्तो मोटर गाडी आउँदैन थियो’ बाटो नै बनेको थिएन, महिना दिन लगाएर जिरी,हाटडाँडा, मन्थली पुगेर ढिके नुन, चामल, मकै, खुद्रा पसलको सामान बोकेर ल्याउँथे । एक जोर लुगा फेर्न पनि दशै कुर्नु पथ्यो अहिलेको जस्तो फेसन–फेसनका लुगा पैशा भएपनि बजारमा किन पाइदैन् थियो । गाउँमा अहिले बिजुली बक्ति, खाने पानि, स्वास्थ्य सबैको सुबिधा पुगेको छ । तर पनि स्थानीय भने सुबिधा सम्पन्न ठाउँ खोज्दै सहर पस्न थालेका छन् ।
अहिले यो गाउँको मुख्य समस्या भनेकै रोजगारी बनेको छ । गाउँमा बिकास पुगेको छ तर रोजगारिकै कारण गाउँ उजाडिन थालेको छ । कृषिमा अनुधान आउँछ हुने खानेको पोल्टोमा पर्छ,गाउँमा बिकास निर्माणको काम आउँछ पाटिको कार्यकर्ताको हातमा पर्छ । कुनै इलम गरौ रामेछाप जिल्ला भरी नै एउटा पनि उध्योग कलकारखान छैन्न् ,खेति गरौ जंगली जनावरले खाना दिदैन् । यि नै समस्याले चिन्तित भएर यहाँका मानिसहरु बसाइँ सर्न बाध्य भएकाछन् ।
अबको केही समयपछि गाउँमा एकैपटक धेरै आयोजनका काम गर्नुपरे उपभोक्ता समितिमा बस्ने मान्छे समेत नहुने स्थिति सिर्जना भएको छ । सामान्य रोजगारीको लागि आफ्नो ठाउँ नै छोड्नु पर्ने यो ठाउँको समस्याको समाधान कहिले न्युनीकरण हुन्छ । काहाँ पुगे यो ठाउँको बिकास गरेर रोजगारी दिन्छौ भन्ने नेता ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend