logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

गलेश्वर आश्रम सञ्चालक समितिमा १३ जना मनोनीत


  • जन आकाश
  • शुक्रबार, चैत्र २ २०८०

काठमाडौं । पवित्र धार्मिकस्थल देवघाटस्थित गलेश्वर आश्रमको महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराको अध्यक्षतामा सञ्चालक समितिमा १३ जना सदस्य मनोनीत भएका छन् ।



फागुन २५ गते सम्पन्न आश्रमको २९औं साधारण सभा विशेष सभाले आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज, देवघाटकै स्वामी आद्वेतानन्द गिरि, गैंडाकोट–८ नवलपुरका भोजराज पौडेल, कलंकी काठमाडौंका एकारत्न आचार्य, विदुर नुवाकोटका महेन्द्र प्याकुरेल, रामनगर चितवनका राजेन्द्र प्रसाद अर्याल, नक्साल काठमाडौंका सुशील कुमार पन्त, बसुन्धरा काठमाडौंका सुनील पाणि गौतम, बाँसबारी काठमाडौंका विष्णु पोख्रेल, मित्रपार्क काठमाडौंका डा. बासुदेव कृष्ण शास्त्री, भरतपुर–२ चितवनका प्रा.डा. मनोहरलाल प्रधान, टोखा काठमाडौंका दिपक कुँवर र टाँडी चितवनका रामहरि अर्याललाई सञ्चालक समिति सदस्य मनोनीत गर्ने निर्णय गरेको हो ।

उनीहरु चार वर्षका लागि सञ्चालक समिति सदस्य मनोनीत भएको गलेश्वर आश्रमले जानकारी दिएको छ । देवघाटघाम–५, तनहुँमा रहेको गलेश्वर आश्रमको स्थापना विक्रम सम्वत् १९८० मा योगनिष्ठ सिद्धयोगी ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) ले गरेका हुन् आश्रम अन्तर्गत १८५ वटा कुटी छन् ।

त्यसैगरी ज्योति र्लिंगेश्वर महादेव, सिद्धेश्वर महादेव, गंगामाता मन्दिर, संक्षल्पेश्वर हनुमान मन्दिर, राधाकृष्ण मन्दिर, १०८ नर्मदेश्वर शिवलिंग, महाकालेश्वर शिवालय, राधाकृष्ण मन्दिर र वृद्धेश्वर महादेव मन्दिर छन् ।

आश्रम अन्तर्गत बेद बेदांग विद्यालय एवं संस्कृत विद्यापीठ सञ्चालित छ । उक्त विद्यालय गलेश्वर बाबाले सन् २०२३ मा स्थापना गरेको हो । हाल आश्रमको पीठाधीशमा अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मा नन्द गिरिजी महाराज छन् । उहाँको पदाभिषेक २०५३ सालमा शंकराचार्य जयन्तीका दिन भएको थियो । हालसम्म स्वामीजीको कुशल नेतृत्वमा आश्रम सञ्चालित छ ।

आश्रम अन्तर्गत प्रवचन हल, गोष्ठी सेमिनार हल, कीर्तन हल र करिब सय कोठाको साधक भवन रहेको छ । आश्रम अन्तर्गतको वेद वेदांग विद्यालय भवनमा १५ कोठा थियो । हाल करिब १५ करोड लगानीमा बनेको वेद वेदांग संस्कृत विद्यापीठ भवन सम्पन्न हुने अवस्थामा पुगेको छ ।

४३ कोठे यो भवनमा सन्ध्या हल र कार्यक्रम हल पनि छ । आश्रम अन्तर्गतको धर्मशालामा पुरुष र महिला यात्रुको लागि दुईवटा हल, २२ कोठा र सुविधा सम्पन्न शौचालय र स्नान कक्ष छन् । तीर्थयात्रीको लागि निःशुल्क बास र भोजको व्यवस्था आश्रमले मिलाएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend