logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कवि ‘भावुक’ को १६ औं कृति तथा भीष्मराज ढुङ्गेलको तेस्रो कृति एकसाथ लोकार्पण


  • जन आकाश
  • आइतबार, चैत्र ४ २०८०

जयराम बिडारी



काठमाडौ । नोबेल साकोस साहित्य संस्थाको आयोजनामा कवि श्यामबहादुर खड्का ‘भावुकको’ १६ औं कृतिका रुपमा ‘सिर्जनाको आधा आकाश’ लोकभाकामा आधारित कविता संग्रह र भीष्मराज ढुङ्गेलको तेस्रो कृतिका रुपमा ‘सम्मिश्रण’ निवन्ध संग्रह एक भव्य कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।

बानेश्वर स्थित रत्न राज्य स्कुलमा आयोजित उक्त कार्यक्रममा नोबेल साकोसकी अध्यक्ष सरस्वती गौतमको सभापतित्वमा अनेकौं भाषा तथा लिपिका ज्ञाता एवं साहित्यकार अर्जुन विरक्ति स्तोत्रीयको प्रमुख आतिथ्यमा गजलकार वियोगी बुढाथोकी ,साहित्यकार गोविन्द घिमिर ‘बेदमणी’ प्रा। डा। गोविन्दमान सिंह कार्की, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ डा।कौशिला रिसाल, बुनपाका उपमेयर अनिता लामा, सशक्त कवि तथा साहित्यकार भरत बर्बरिक, पत्रकार,सामाजिक अभियन्ता एवं कानूनविद् स्वागत नेपालको आतिथ्यता लगायत सयौं साहित्यानुरागीको समुपस्थितिमा उक्त कार्यक्रम सुसम्पन गरिएको थियो ।

प्रमुख अतिथिको मन्तव्यका क्रममा अर्जुन विरक्ति ‘स्तोत्रीय’ ले आफूले भाषा साहित्य कला र आध्यात्मिक चेतना अभिवृद्धि गर्ने अभियानका क्रममा खानु परेको गोताको स्मरण गर्दै र्सिजनात्मक कर्म शारीरिक मानसिक सबलताको रुपमा प्रस्तुत हुने बताए । नेपाली साहित्यको क्षेत्रमा लोकार्पित कृतिका सर्जकद्वयको
भूमिका प्रशंसनीय रहेको बताउंदै कृति सफलताको शुभकामना ब्यक्त गर्दै प्राचीनतम संस्कृतिको रक्षा र जगेर्ना हुनुपर्ने कुरामा जोड दिएका छन् ।

समिक्षक शैलेन्दु प्रकाश नेपालले भीष्मका निवन्ध संग्रहमा मूलतः भाषासाहित्य ,समसामयिक विषयवस्तु , मानिस सफल बन्नु भन्दा पनि असल बन्ने क्रमका परोपकारी कर्ममा ईश्वरीय शक्तिको महत्ता,ऐतिहासिक,संस्मरणयुक्त अनुभव र अनुभूतिलाई कलात्मक रुपमा प्रस्तुत गरी रुचिकर रुपमा पस्किन सक्ने सामर्थ्य रहेको औंल्याउंदै एक समयका सहकर्मी कृतिकारका रुपमा आउनु संतोषको विषय रहेको बताएका छन् ।

सिर्जनाको आधा आकाश समीक्षाका क्रममा अर्का समिक्षक अशोक सुवेदीले अनवरत रुपमा लोकलय संकलन सिर्जना र प्रशारणका अथक साधक कवि श्यामबहादुर खड्का ‘भावुक’ लोक अभियानका एक सफल अभियन्ता रहेको उल्लेख गर्दै समय,स्रष्टा र साहित्य सिर्जनाको संयोजनका क्रममा लोकविचार र तिनका कर्म र अपकर्म लेकबेसी,हिमाल,पहाड तराईका लोकसंस्कृति ,समाजका विविध विधाका पचपन्न नारी स्रष्टाका जीवन भोगाई अनि तीनका संघर्षका कथा(व्यथा लाई टपक्क टिपेर पुनः समाजका सामू स्वादिलो रुपमा प्रस्तुत गर्न सक्नु उनको विशेषता रहेको बताउंदै उनका आगामी सिर्जना यात्रा अझै प्रभावकारी रुपमा अघि बढ्ने बिश्वास ब्यक्त गर्दै कृति सफलताको शुभकामना दिएका छन् ।

उक्त कार्यक्रममा कवि श्यामबहादुर खड्का भावुकले साहित्य सिर्जनामा २०५२ सालदेखिको निरंतर रुपमा क्रियाशील रहि अधुरो सपना उपन्यास,सुन्तली हर्के खण्डकाव्य,अठोट खण्डकाव्य,होसियार कवितासंग्रह , सम्झनाको दियो दरवार घटना,मौन खवरहरु ग़ज़ल संग्रह, जिन्दगीका कथा व्यथा असारे खण्डकाव्य,भावनामा भद्रकुमारी घले लोककाव्य, पश्चिमका तारा लोककाव्य, गुल्मीका सुवास रामप्रसाद पन्त लोककाव्य, फक्रिएका तेइस थुङगा लोककाव्य, आसा इतिहासका तारा लोककाव्य, सिर्जनानगर यात्रा असारे यात्राकाव्य, फेरी जन्मन्छन् जन्मदैनन् लोककाव्य,साहित्यका नक्षत्र सुदूरका यात्री लोककाव्य गरी पन्ध्रौं कृति पाठकका सामू प्रस्तुत गरिसकेको र तीनै पाठकहरुको साथ सहयोग हौसला र प्रेरणाले यो सोह्रौं कृतिको जन्म भएको बताउंदै यस कृतिको जन्मका सन्दर्भमा प्रत्यक्ष र परोक्ष रुपमा साथ र हौसला प्रदान गर्ने अग्रज,अनुज तथा समकालीन सम्पूर्णमा आभार व्यक्त गर्दै प्राप्त सल्लाह र सुझावको उचित सम्बोधन गरिने कुरा व्यक्त गरेका छन् । यसैक्रममा सम्मिश्रणका अर्का कृतिकार भीष्मराज ढुङ्गेलले वर्तमान र भविष्य तथा विगत र आगतका कतिपय भावनाका तरंगलाई चिन्तन र मनन गर्ने दुस्साहस नै कृति जन्मनुको कारण रहेको बताउंदै हिजो सम्म मेरा निजी विचार रहेका भावनाका उद्बबेग आजका मितिदेखि पाठकको जिम्मा लगाएको हुनाले प्राप्त हुने स्वच्छ प्रतिक्रियाले आगामी दिनको सिर्जनायात्राका क्रममा आफूलाई परिष्कृत रुपमा अघि बढ्नका लागि प्रेरणा मिल्ने बताएका छन् ।

 

प्रमुख अतिथिद्वारा पानसमा द्वीप प्रज्वलन गरि उद्धाटन गरिएको कार्यक्रममा राष्ट्रीय गान बजाएर कार्यक्रमको सुभारम्भ गरिएको थियो । सो अवसरमा प्रा।डा।गोविन्दमान सिंह कार्कीले आफ्ना धारणा सहित रचना वाचन गरेका थिए भने भावुकद्वारा आफ्ना कृतिमा समेटिएका पचपन्न सर्जक मध्य राधा कार्की ,रुबि सत्याल, भगवती पाण्डे लगायतले कविता वाचन गरेका थिए भने जम्मा त्रिसठ्ठी जना साहित्यकारले आ(आफ्ना रचना सुनाएका थिए । करिव छ घण्टासम्म निरंतर रुपमा संचालित रचना वाचन कार्यक्रममा आलस्य र पट्यारको कुनै संकेत देखिएन ।

साहित्यकार एवं संचारकर्मी राजन न्यौपानेद्वारा संचालन गरिएको उक्त कार्यक्रमलाई कार्यक्रमका सभापतिको भूमिकामा रहेकी नोबेल साकोसकी अध्यक्ष सरस्वती गौतमद्वारा धन्यवाद ज्ञापन सहित समापन गरिएको थियो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend