जन आकाश
काठमाडौ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले आयोजना गर्दै आएको त्रैमासिक स्रष्टा सम्मान/ पुरस्कार प्रदान तथा रचना वाचन कार्यक्रम यस पटक यही २०८० चैत्र १० गते शनिश्चर वार अपरान्ह १२.३० बजे चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा गर्ने निर्णय गरेको जानकारी भएको छ ।
उक्त कार्यक्रममा स्रष्टाहरू बाट रचना वाचनको साथै अग्रज स्रष्टा गणेश रसिकलाई सम्मान पत्र,दोसल्ला तथा नगद रू दशहजार प्रदान गर्दे सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले जानकारी गराउनु भयो ।
२०७३ सालमा स्थापना भएको यस प्रतिष्ठानले मासिक रुपमा कार्यक्रम सन्चालन गर्दै आएकोमा यही २०८० साल देखि त्रैमासिक रुपमा सन्चालन गर्नै निर्णय भएको र हाल सम्म ७६ अग्रज स्रष्टालाई सम्मान प्रदान गरिसकेको समेत जानकारी दिनु भयो ।
सो को अलावा प्रतिष्ठानले वार्षिक रुपमा साहित्य सम्मान / पुरस्कार समेत प्रदान गर्दै आएको र सो अन्तरगत ६ जना प्रसिद्ध साहित्यकारलाई साहित्य सम्मान/पुरस्कार प्रदान गरिसकेको जानकारी गराउँदै प्रतिष्ठान को सम्पूर्ण खर्च आफ्नै पारिवारिक स्रोतबाट गरिने हुँदा पुरस्कारको रकम बढाउन नसकिएको समेत जानकारी गराउनु भयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend