जन आकाश
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय रहेको स्थान सुर्खेतमा सफलता पूर्वक सम्पन्न भएको छ । कम्पनीको प्रथम वार्षिक साधारण सभामा संचालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तब्य सहित कम्पनीको वार्षिक प्रतिवेदन पेश गर्नु भएकोमा सभाले सर्वसम्वत पारीत गरेको छ ।
उक्त सभाबाट सर्व-साधारणलाई कम्पनीको साधारण शेयर निष्काशन गर्ने तथा सो कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सभामा संस्थापक समुहबाट ऋषिराज मोर, मृदुला सरिया, रोहित करण बैध र विदुर पुरी कम्पनीको संचालक पदमा र्निविरोध निर्वाचित भएकाछन् ।
साथैे यस अघि नै स्वतन्त्र संचालकमा पवित्रलाल चुकेलाई नियुक्त गरेको थियो । सभाले आ.व. २०७९.०८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आ.व. २०८०.०८१ को लागि बाह्य लेखा परिक्षको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ ।
प्रथम वार्षिक साधारण सभामा प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठबाट स्वागत मन्तब्य ब्यक्त गरेको उक्त सभामा उपस्थित शेयरधनी महानुभावहरु तथा अन्य उपस्थित ब्यक्तिहरुको लागि कम्पनीको प्रगतीको बारे जानकारी गराउँदै, नव निर्वाचित संचालक सदस्यहरुलाई शुभकामना तथा बधाई दिंदै संस्थाका अध्यक्षले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन सहित सभा विसर्जनको घोषणा गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend