जन आकाश
काठमाडौं । नेपाली साङ्गीतिक क्षेत्रमा पछिल्लो समय प्रतिभा हुनेका लागि भन्दा पैसा हुनेका लागि स्थान दिने प्रचलन बढ्दै गएको छ । त्यसको असरले पछिल्लो समय गीत सङ्गीत क्षेत्रमा मौलिकता झल्काउने गीतहरू लोभ हुँदै गएका छन् । पैसाका आडमा निस्कने मौलिकता नभएकाले स्थान पाउँदा विकृति जनक गीतहरू बजारमा फैलिँदै छन् ।
साङ्गीतिक क्षेत्रमा भविष्य बनाउने धेरैको रहर हुन्छ । कोहीसँग प्रतिभा हुन्छ पैसा हुँदैन कोहीसँग पैसा हुन्छ प्रतिभा हुँदैन हरेक मानिसलाई जीवनमा एउटा न एउटा अभावले पिरली रहेको हुन्छ । नेपालमा राजनीतिक क्षेत्रमा आएको विकृति जस्तै गीत सङ्गीत क्षेत्रमा पनि आफ्नो मान्छे छानेर स्थान दिने गरिन्छ । तर त्योभन्दा भिन्न अवस्थावाट नेपाली गीत सङ्गीत क्षेत्रमा लोक संस्कृतिलाई माया गर्ने गायकीमा अधभूत क्षमताकी धनि सरिता बिश्वकर्मको सङ्घर्षका कथालाई यस अङ्कमा प्रस्तुत गरेका छौँ ।
नुवाकोटको बिकट ठाउँमा जन्मेकी सरिता विश्वर्कमा सामान्य परिवारमा हुर्केकी चेली हुन् । सानैदेखि गायिका बन्छु भनेर सपना देखेकी सरिता मेलापात, उकाली, ओराली, घाँस, दाउरा गर्दा गीत गुनगुनाउने गर्थिन् । सानैदेखि गीत सङ्गीत क्षेत्रमा भविष्य देखेकी सरिता स्कुल कलेजका कार्यक्रममा आफ्नो गायकी पस्तुती देखाउने गर्थिन् । उनले गाएको प्रस्तुतिबाट साथीभाइ र गुरुबाट “वा” सरिता “वा” भन्दै ताली बज्ने गरथ्यो । त्यो तालीले मलाई साङ्गीतिक क्षेत्रमा लाग्न थप ऊर्जा मिल्थ्यो सरिता विश्वकर्मा जन आकाश मिडियासँग बत्ताउँछिन् ।
गीत सङ्गीत क्षेत्रमा लाग्न घर परिवार साथिइभाइबाट साथ सपोर्ट पाएकी सरिता गाउँमा कुनै मेला महोत्सव लागेको बेला घरबाट भागी भागी जाने गर्थिन् । स्टेजमा गायक, गायिकाले गीत गाएको देख्दा उनलाइ पनि गाउन मन लाग्थ्यो । अनि एकान्तमा बसेर आफु गायिका भएर गीत गाएको रङ्गिन सपना देख्ने गर्थिन् ।
सानैदेखि गीत सङ्गीत क्षेत्रमा भविष्य बनाउँछु भन्ने सोच बोकेकी सरिता विश्वकर्मा अहिले काठमाडौंमा सङ्गीत सिक्दै, ठुलो गायिका बन्ने सपना बन्दै छिन् । घरको आर्थिक अवस्था कमजोर, घरको जेठी छोरी परिवारको ठुलो जिम्मेवारी भएको कारण गीत सङ्गीतमा लागेर भविष्य बनाउने रहर हुँदाहुँदै बाध्यताले कमाउनु पर्ने अवस्था आएको, नेपालमै बसेर केही गर्न रोजगारीको वातावरण नभएको सानो तिनो रोजगार पाएता पनि थोरै कमाइले काठमाडौंको ठाउँमा बाच्न नै गारो हुने । गीत सङ्गीतको सपनालाई मनमा गुम्साएर परिवारलाई खुसी बनाउने र केही पैसा कमाएर गीत सङ्गीतमा लगानी गरी एल्बम निकाल्ने बताउँछिन् ।
पुरा अन्तर्वार्ता तल लिङ्कमा दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend