logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गायक विनोद परियारको सिर्जना चर्चाको शिखरमा


  • जन आकाश
  • सोमबार, चैत्र ५ २०८०

काठमाडौं । नेपाली साङ्गीतिक क्षेत्रका चम्किला तारा भनेर चिनिने गायक विनोद परियार गीत सङ्गीत क्षेत्रका एक उदाहरणीय व्यक्ति हुन् । उनले गरेका हरेक सिर्जना चर्चामा आउने गर्दछन् । विगत लामो समयदेखि नेपाली गीत सङ्गीत क्षेत्रमा लागेका परियारका झन्डै एक दर्जनभन्दा बढी गीतहरू बजारमा रहेका छन् । भने कति गीत चर्चाको शिखरमा र कति गीतले इतिहास समेत रच्न सफल भएका छन् । “न्याउली बनैमा”, “ठुले”, “कहिले आउला दिन”, “सानु तिम्रो सम्झना”, “वरको छायाँ” लगायत दर्जनौ गीतले युट्युबमा चर्चा कमाइरहेका छन ।



प्युठानमा जन्मेका गायक विनोद परियारको गीत सङ्गीत क्षेत्रको छुट्टै सङ्घर्ष छ । उनले गरेका गीत सङ्गीतका सङ्घर्ष हेर्ने हो भन्ने सबैजना दङ्ग पर्ने गर्दछन् । उनै लोकप्रिय गायकसँग गरेको कुराकानीलाई हामीले यस अङ्कमा यसरी प्रस्तुत गरेका छौँ ।

गीत सङ्गीत भनेको के हो जस्तो लाग्छ ?

गीत सङ्गीत भनेको मेरो नसा हो । नसुनी मलाई निद्रा नै लाग्र्दैन् । मान्छेलाई चुरोट, रक्सीको नसा लागे जस्तै मलाई पनि गीत सङ्गीतको नसा लागेको छ । जति गायपनी गाइरहन मन लाग्ने । गीत सङ्गीतको नसा हुँदो रहेछ ।

गीत सङ्गीतको भविष्य कस्तो छ जस्तो लाग्छ ?
गीत सङ्गीतको भविष्य नेपालमा खासै राम्रो देख्दिन । एक लाख लगानी गरेर गीत निकाल्यो युटुवबाट पाँच हजार कमाउने स्थिति छैन । गीतको भ्युजबाट आएको पैसाले एरेन्ज खर्च मात्र धाने पनि मेरो लागि ठुलो आम्दानि हुन्थ्यो । नेपालमा गीत सङ्गीको त्यति धेरै माहोल छैन । कुन गीत चल्छ कुन गीत चल्दैन थाहा नै हुँदैन । गीत सङ्गीत क्षेत्रमा चल्न सक्यो भने राम्रो छ । गीत सङ्गीत क्षेत्रमा चल्नलाई भाग्य नै बलियो हुनु पर्छ । मलाई विश्वास छ म एक दिन सफल गायक बन्छु भन्ने । गीत सङ्गीतको भविष्य यस्तो नै हुन्छ भन्ने ठ्याकै चाही भन्न सक्दिन ।
कसरी आउनु भयो गीत सङ्गीत क्षेत्रमा ?
गीत सङ्गीत क्षेत्रमा सानैदेखि रुचि थियो । गाउँघरमा म धेरै गीत गाउने गर्थे । मेरो आवाज सुनेर सबै जनाले गायक बन्छ भन्थे । गाउँघरमा हुँदा म प्राय राम्जी खाडको आवजमा रहेका गीतहरु सुन्ने र गाउने गर्थे । अनि मलाई पनि राम्जी खाड जस्तै लोकप्रिय गायक बन्न मन लाग्थ्यो राम्जी खाड बाटै इन्सपायर भएर गीत सङ्गीतमा लागेको हो ।

भोलिका दिनमा दर्शकले कस्ता खालको गीत सुन्न सक्छन् तपाईँको आवाजबाट ?
भोलिको दिनमा दर्शकले मेरा सबै प्रकारका गीतहरू सुन्न सक्छन् । लोक गीत, आधुनिक गीत, डान्सिङ गीत, देशको मर्म बोकेको देश भक्ति गीत समय परिस्थिति अनुसार दर्शकले मेरा सबै प्रकारका गीत सुन्न सक्छन । भन्दै गायक विनोद परियार जन आकाश मिडियासँग बताउँछन् ।

पुरा भिडियो तला लिङ्क दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend