logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

“रुपम” ले चिनाएको गायक रुद्र शेखर शर्मा


  • जन आकाश
  • मंगलबार, चैत्र ६ २०८०

मोहन कार्की ।



काठमाडौ । विषेश गरी नेपाली आधुनिक गीत, पप तथा गजल जनारामा गीत गाउन अव्वल गायकको रुपमा आफुलाई परिचित गराउन सफल गायक हुन् रुद्र शेखर शर्मा (रुडी) झापामा जिल्लामा बुवा गंगा प्रसाद (जिपी) शर्मा र आमा भुमिका देवी उपाध्यायको सन्तानको रुपमा जन्मिएका गायक रुद्र शेखर शर्मा (रुडी) सानै उमेर देखी गीत गाउन र नाच्न खुब मन पराउँथे ।

स्कुल पढ्दा पढ्दै उनि विभिन्न साँस्कृतिक क्रियकलापहरुमा सहभागी हुने गर्दथे । पछि बुबा जिपी शर्माले काठमाडौमा बसाई सराई गरे पछि उनको गायक बन्ने चाहानले थप उर्जा प्राप्त गर्यो । राजधानीमा आफ्नो पढाईका साथ साथै उनि केही इन्टिच्युटहरुमा गायन क्लासहरु पनि लिएका थिए ।

विशेष गरी आधुनिक गीत गाउन मन पराउने शर्माले छोटो समयमै आफुलाई गायन क्षेत्रमा चिनाउन सफल भएका थिए । त्यति वेला चर्चाको शिखरमा पुगेको गायकहरुको माझमा उनि पनि एक थिए । नेपाली गीत संगीत क्षेत्रमा झण्डै एक दशक भन्दा लामो समय औपचारिक रुपमै दिई सकेका गायक हुन शर्मा फुटकर गीतहरु गाउदै नेपाली सांगीतिक बजारमा आफुलाई स्थापित गराउँदै आएका शर्माले “रुपम” नामक पहिलो एल्बम् वि सं २०७४ सालमा बजारमा ल्याएका थिए ।

पाँच वटा गीतहरु समावेश गरेर बजारमा ल्याइएको यो एल्बमले त्यती बेला नेपाली साँगीतिक बजारमा निक्कै राम्रो चर्चा बटुल्न सफल भएको थियो । अझ सिधा भन्नुपर्दा उनलाई गायकको रुपमा चिनाउने पहिलो अस्त्र नै “रुपम” एल्बम हो । पहिलो पटक रुपम एल्वम् मार्फत नै उनले गीति एल्वम्मा डेव्यु गर्ने सुनौलो अवसर समेत प्राप्त गरेका थिए । कोरोनाको माहामारिका बेला पनि डाक्टर तथा चिकित्सा क्षेत्रमा सक्रिय व्यक्तित्वहरुलाई हौसला प्रदान गर्ने उदेस्यले शर्माले “देवदुत हौ तिमी” बोलको गीत पनि बजारमा ल्याएका थिए भने उनका अन्य गीतहरु “माया मारी, मैले छेके दौरा र सुरुवाल, तिमि भन्छौ जुन राम्रो, दुख्दिन म, तड्पिएर बाँचु कती, सितल ताप्नु, बर्षौ वित्यो, कहिले आँसुमा, देब दुत हौ तिमी, किन, र केही हिन्दी गीतहरु दिल दे दिया, जिना अभि बाँकी हे” लगायत गीतहरुले पनि आर्थिक तथा सामाजिक रुपमा निकै चर्चा कमाई सकेका छन् ।

“दुःख दीन म” बोलको गजल गायन मार्फत गायक शर्माले राष्ट्रिय रापती म्युजिक अवार्ड २०१८ मा सर्वोत्कृष्ट नव गायकको अवार्ड समेत जित्न सफल भएका थिए । उक्त गीतमा चर्चित गीतकार विपिन किरणको शब्द तथा चिरपरिचि संगीतकार नारायण सुवेदी (आभाष) को संगीत संगीत रहेको थियो । विशाल भण्डारीले उक्त गजलको भिडियो समेत बनाएका थिए भने गीतमा चर्चित अभिनेता आयुष रिजाल, अभिनेत्री अनु शाहको साथमा गायक रुद्र शेखरको समेत अभिनय रहेको थियो ।

नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन) राष्ट्रिय लोक संस्कृति संघ, नेपाल संगीत यद्योग संघ लगायतका संघ संस्थाहरुमा आवद्ध रहेका छन् । गायक रुद्र शेखर शर्मा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न संघ संस्थाहरुले आयोजना गर्ने साँस्कृतिक कार्यक्रमहरुमा सहभागी हुने गरेका छन् । उनलाई त्यस्ता संघ तथा संस्थाहरुले गायन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै संस्थागत तथा पेशागत सम्मान समेत गरेका छन् ।

गायनका साथ साथै नेपाली गीत संगीत तथा चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि उनले विभिन्न संघसंस्थाहरु मार्फत पनि सामाजिक कार्यहरु गर्दै नेपाली भाषा, गीत संगीत तथा कलासंस्कृतिको जगेर्नाको निमित्ति देश विदेशमा रहनुभएका कलाकारहरुलाई एकत्रित गर्दै नेपाली कला संस्कृतिलाई विश्वसामु चिनाउने गायक शर्माको प्रयास निरन्तर रहदै आएको छ ।

पछिल्लो समय उनको अध्यक्षतामा अमेरिकामा आवाज ईन्टरनेशनल नामको सामाजिक संस्थाको गठन समेत भएको छ । उक्त संस्था मार्फत देश विदेशमा रहेका कला क्षेत्रमा आवद्ध मानिसहरुको हौशला बृद्धि गर्न र नेपाली कला, संस्कृति, भाषा, साहित्यको विकासका लागी एक जुट हुनको लागी गायक शर्माले आव्हान समेत गर्दै आईरहेका छन् ।

कुनै पनि देशको पहिचान देश भित्र भएको कला संस्कृतिनै बोल्ने भएकोले आफु पनि बहुल जातजाती मिलेर बसेको अथाह संस्कृतिको खानी नेपाली कला संस्कृतिलाई विश्व सामु कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा विभिन्न संघसंस्थाहरु संगको सहकार्यमा लागि आफु तयार रहेको गायक शर्माले बताएका छन् ।

सबै प्रकारका गीत गाउन रुचाउने गायक शर्माले केही हिन्दी गीतहरुमा पनि स्वर दिइसकेका छन् । चर्चित भारतीय गायक सोनु निगम र गायक शर्माको गीत “जिना अभि बाँकी हे” निक्कै नै चर्चित गीत हो । भारतिय स्टार गायकसंग उनलाई गाउने अफर आउनु पनि आफैमा उनको पपुलारिटी नै हो । फरक फरक देशको भाषा संस्कृति फरक भए पनि संगीतले संसारलाई एक घर बनाउने हो र यसले एक अर्कालाई चिनाउने र अझै आफ्नो संस्कृति फैलाउने बाटो फराकिलो बनाउने हो भन्ने धारण उनको रहेको छ ।

गजलकार गीता हुँमागाईको गजल रचनामा तथा चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गजल “किन” राष्ट्रिय समावेशी म्युजिक अवार्डको उत्कृष्ट पाँच भित्र पर्न सफल भएको छ । त्यसैगरी गीतकार जिपी शर्माको शब्द रचनामा चर्चित संगीतकार दिपक शर्माको संगीत रहेको गीत “के होला भोली” पनि चाँडै नै बजारमा ल्याउने तयारीमा रहेका गायकरुद्र शेखर शर्मा रहेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend