logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बागलुङ बस दुर्घटनामा पत्रकार बिक्रम परियारको निधन


  • जन आकाश
  • मंगलबार, चैत्र ६ २०८०

बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा रुकुमका अन्नपूर्णकर्मी विक्रम परियारको निधन भएको छ । रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस बागलुङको निसीखोला गाउँपालिका–६ जाउले पानीमा सोमबार दुर्घटना हुँदा अन्नपूर्णकर्मी परियारसहित ९ जनाको मृत्यु भएको हो ।



अन्नपूर्णकर्मी परियार राष्ट्रिय दलित पत्रकार संघको राष्ट्रिय महाधिवेशनमा सहभागि हुन काठमाडौं जाँदै थिए । उनी पछिल्लो समय रुकुमबाट सक्रिय रुपमा पत्रकारिता गर्ने एक कुशल पत्रकार हुन् । उनी रुकुमपूर्वको नेपाल पत्रकार महासंघ जिल्ला शाखाको सहसचिव र प्रेस सेन्टरको उपाध्यक्ष समेत थिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार दुर्घटनामा रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमाल बाराका २५ वर्षीय विक्रम परियार, दाङका १८ वर्षीय लक्की पुनमगर, रुकुमपश्चिम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, गोर्खा घर भएकी गीता थापा, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक र ललितपुरका सुजन महर्जनको मृत्यु भएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend