जन आकाश
काठमाडौं । राष्ट्रिय सभाको बैठक एक सातापछि बस्ने गरी स्थगित भएको छ । राष्ट्रिय सभाको अर्को बैठक १५ चैत दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रिबजेट छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिएका थिए। साथै, राष्ट्रिय सभाले अनुमगन तथा मूल्यांकन सम्बन्धी विधेयकमा प्रतिनिधिसभाले गरेको संशोधनमा सर्वसम्मति जनाएको छ ।
साथै आजको बैठकले राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा रहने गरी सातजना सांसदको नाम मनोनयन गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend