logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आईएमई र वान प्वाइन्ट फाइनान्सियलबीच सम्झौता


  • जन आकाश
  • बिहिबार, चैत्र ८ २०८०

काठमाडौँ  । आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई एपी आई म्यानेजमेन्ट सिस्टम-एपी आई एमएस उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेस बिच रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी भएको छ ।



समझदारी पत्रमा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  खिलेन्द्र पौडेल  र  वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले  हस्ताक्षर गरेका छन् । सो सम्झौता अनुसार आईएमई लिमिटेडलाई वान प्वाइन्टले  रेमिट स्विच प्रदान गर्नेछ अन्तर्राष्ट्रिय स्तरमा भइरहेको अभ्यास अनुसार, सबै आन्तरिक र बाह्य प्रणालीको एकीकरणलाई सरल बनाउन सोही रेमिट स्विच मार्फत  ओपन एपिआइ स्ट्याण्डर्ड फलो गरिने छ ।

आईएमई लिमिटेड मार्फत  प्रदान गरिने  एपिआइको परीक्षण  तथा एकीकरण गर्न आन्तरिक र बाह्य साझेदारहरूको लागि खुला परीक्षणको वातावरण समेत पनि प्रदान हुने छ  । अन्तर्राष्ट्रिय बजारमा मात्र अभ्यासमा आएको  ओपन एपिआइ स्ट्याण्डर्ड  प्रणालीलाई नेपालमा पहिलो पटक आईएमई वान प्वाइन्टसँगको सहकार्यमा सुरु गरेको हो ।

यस मार्फत एपिआइ इण्टिग्रेसनमा जान चाहने आन्तरिक र बाह्य साझेदारहरू आफै सिस्टम इन्टिग्रेशन  प्रक्रियामा अगाडी बढ्न सक्ने छन् । रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध आईएमई परम्परागत रेमिटेन्स सेवालाई अझै सहज तथा परिष्कृत गर्दै लैजान नयाँ – नयाँ प्रविधि लाई पछ्यादै आफूलाई फिनटेक क्षेत्रमा पनि अब्बल साबित गरेको छ ।

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  (सीईओ) खिलेन्द्र पौडेलले वित्तीय सेवाको तीव्र डिजिटलाइजेसन  अवस्थालाई आत्मसाथ गर्दै थप परिष्कृत प्रणालीको प्रयोगले रेमिटेन्स सेवालाई थप चुस्त तथा भरपर्दो बनाउन यो साझेदारी  महत्त्वपूर्ण हुने विश्वास लिएको बताए ।

बैंक तथा वित्तीय संस्थाको डिजिटल भुक्तानी पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वान प्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend