logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

उदयपुरमा बेपत्ता ३ जना बालबालिका खोज्न प्रहरी परिचालन


  • जन आकाश
  • सोमबार, चैत्र १२ २०८०

काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित सुनकोशीमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ । आइतबार होली खेलेपछि नदीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता भएका हुन् ।



त्रियुगा नगरपालिका स्थित ढाप्लाङ्गबाट हराएका बालबालिका खोज्न कोशी प्रदेश स्थित १ नम्बर बराहा बाहिनी मुख्यालयबाट गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले बताए । आइतबार साँझ सशस्त्र प्रहरी बल नम्बर ५ गण त्रियुगाको टोलीले खोजतलास गरेको थियो ।

अहिले सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोर परिचालन गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend