logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

स्रष्टा पदयात्रा टोलीको ८०औं शृङ्खला खोटाङमा सम्पन्न


  • जन आकाश
  • बुधबार, चैत्र १४ २०८०

जयराम बिडारी



‘’स्वास्थ्य र सिर्जनाको लागि पदयात्रा’’ भन्ने मूल नाराका साथ नेपाली साहित्यिक क्षेत्रमा क्रियाशील स्थापित लेखक समूहको निरंतरताको ८० औं पदयात्रा शृङ्खला खोटाङको चार दिने भ्रमणका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीको नेतृत्वमा सम्पन्न गरिएको छ ।

भाषा साहित्य ,कला ,संस्कृतिमा प्राकृतिकताको भरपूर सुगन्ध छर्ने उद्देश्यका साथ संस्कृतिविद् साहित्यकार,पत्रकार कवि तथा लेखकहरुको सामुहिक टोली, खोटाङ जिल्लाका बिभिन्न स्थानको स्थलगत पदयात्रा (भ्रमण) गरि विविध साहित्यिक कार्यक्रम गोष्ठी, अन्तरक्रिया गरि सम्पन्न गरेको छ । प्रत्येक महिनाको पहिलो शनिवार देशका विभिन्न स्थानको सामूहिक भ्रमण गरी तत्स्थानका विशेषतालाई सृजनामा उतार्न र नेपाली साहित्यको सेवा गर्ने उद्देश्यले २०७३ साल देखी स्थापना गरिएको पदयात्रा कार्यक्रमको ८०औं शृङ्खला सम्पन्न गरिएको हो ।

शुक्रवार ९ गते काठमाण्डौबाट खोटाङको लागि २१ जना स्रष्टा पदयात्रीको टोली त्यसतर्फ प्रस्थान गरेका थिए । पदयात्रा टोलीमा सहभागिहरु शीतल गिरी, वीमल अर्याल, वसन्त रिजाल, गङ्गाप्रसाद भेटवाल, डा। बालचन्द्र मिश्र, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा।धनप्रसाद सुबेदी,डा।यादेवी ढकाल, डा.शशी थापा पण्डित, अभय श्रेष्ठ,नवराज रिजाल,मदन राई ‘लामाखुले’ डा.जीवन श्रेष्ठ,बम बानियाँ डा.अम्बिका अर्याल,अप्सरा ढकाल,रुबि सत्याल,जयराम बिडारी, जानुका राई, शान्ति राई अरुणादेवी राई सहितका प्रकृतिप्रेमी स्रष्टा साहित्यकारहरु सम्मिलित भएका थिए । उक्त टोली दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ नम्बर वडास्थित सामुदायिक सिकाई केन्द्र अन्तर्गत शुभम फाउण्डेनको होमस्टेमा बास बसेर भोलिपल्ट टेम्के(तुवाचुङ प्रतिष्ठानको कार्यममा सहभागीता जानाउन मु्न्दुम रिसोर्ट मुढे पुगेको साहित्यकारहरुको टोलीलाई भव्य स्वागत गर्दै टेम्के(तुवाचुङ प्रतिष्ठानका वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिष्ठानका वेदीकुमार राईको सभापतित्व तथा जिल्ला समन्वयन समिति प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्य, एवं खोटाङ रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईको विशेष आतिथ्य, जन्तेढुङ्गा गापा प्रमुख अरुणादेवी राई साइनो कला केन्द्रका अध्यक्ष, स्रष्टा पदयात्रा टोलीमा सहभागी साहित्यकारहरुको समुपस्थितिमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको थियो । भोगेन्द्र राई ‘एक्ले’द्वारा स्वागत गरिएको सो कार्यक्रममा टेम्के (तुवाचुङ त्रैमासिक पत्रिका लोकार्पण गरिएको थियो भने प्रमुख अतिथिद्वारा कवि वम बानियाँलाई साहित्यको क्षेत्रबाट खोटाङ जिल्लालाई पुर्‍याएको योगदानको कदर गर्दै तथा कलाको क्षेत्रमा लामो समय क्रियाशील रहेका चित्रकार सन्तोष राई ‘सन्जेस’लाई एकसाथ नगद रु। १११११ र (सहित ताम्रपत्रले ‘टेम्के–तुवाचुङ पुरस्कार’अर्पण गरिएको थियो ।

मन्तव्यका क्रममा प्रमुख अतिथि राईले साहित्य, कला संस्कृतिको विकास गर्न हरेकले आ(आफ्नो क्षेत्रबाट सक्दो योगदान दिनुपर्ने कुरामा जोड दिंदै समुन्नत समाज निर्माणको थाालनी गर्नुपर्ने बताएका छन् । यसैक्रममा स्रष्टा पदयात्रा टोलीका अध्यक्ष शीतल गिरीले खोटाङ सामाजिक,सांस्कृतिक धार्मिक र पर्यटकीय हिसावले समुन्नत रहेको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा स्रष्टा पदयात्रा टोली खोटाङका संयोजक डा।धनप्रसाद सुवेदीले भाषा कला साहित्य भूगोल र इतिहासको अध्ययन भ्रमणका क्रममा साहित्यकारहरुको चारदिने खोटाङ बसाई अत्यन्त सार्थक र प्रभावकारी रहने बताउँदै यस्तो सृजनशील कार्यको संयोजन गर्न पाएकोमा सन्तोष लागेको बताएका छन् । यसैगरि उपप्रमुख विसन राईले साहित्य विज्ञानको पनि जननी रहेको उल्लेख गर्दै साहित्यकारहरु मस्तिष्क जस्तो र जनप्रतिनिधी शरीर जस्तो मात्र भएको हुनाले स्रष्टाहरुसंग सकारात्मक सन्देशका लागि आग्रह गरे ।मन्तव्यका क्रममा पुरस्कृत कवि बानियाँले खोटाङलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिंदै पुरस्कारले सृजना कर्ममा जिम्मेवारी बढेको बताउंदै संस्थाको थप उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै ‘बाँझै छन् जमीनहरु’ कविता वाचन गरेका थिए भने अर्का पुरस्कृत व्यक्तित्व सन्तोष राई ‘सन्जेस’ले लैनसिंह वाङ्देलको पूर्खाको थलोबाट आफ्नो कर्मको मुल्याङ्कन गरी सम्मानित हुन पाएकोमा अत्यंत खुशी लागेको बताउँदै एउटा कलाकारले आफ्नो भावना मञ्चबाट नभइ कुची र क्यानभासमा राख्नुपर्ने कुरामाा जोड दिएका छन् ।

कार्यक्रममा काठमाडौंबाट खोटाङ आएका स्रष्टा डा.शशी थापा पण्डित, गङ्गाप्रसाद भेटवाल, डा. बालचन्द्र मिश्र, अभय श्रेष्ठ, वीमल अर्याल,अप्सरा ढकाल, रुबि सत्याल,डा.जीवन श्रेष्ठ ‘जीवन जीवन्त’ मदन राई ‘लामाखुले’ जानुका राई, डा.अम्बिका अर्याल, जयराम बिडारी, लगायत स्थानीय स्रष्टाहरु कृष्ण आठपहरिया,भीम राई, राम विक्रम थापा धनचन्द्र राई मकरचन्द राई ‘एमसी सुमित’ भोगेन्द्र राई ‘भोगेन एक्ले’ लगायतले रचना वाचन गरेका थिए । पहिलो चरणको कार्यक्रम सञ्चालन युगसन किराँतले गरेका थिए भने दोस्रोचरणकोा सञ्चालन अर्थात् साङ्गीतिक प्रस्तुति अन्तर्गतको ‘ भोगेन एक्ले’ भोगेन्द्र राईले गरेका थिए ।

कार्यक्रम पश्चात स्रष्टा पदयात्रा टोलीले मझुवा कालिका भगवती मन्दिर तथा बुधेश्वर महादेवको दर्शन गरी किराँत सभ्यताको प्रसिद्ध मझुवागढी अवलोकन भ्रमण गरेका थिए भने तेस्रो दिन खोटाङ र भोजपुरको सिमाना चखेवा हुंदै मुन्दुम पदमार्गबाट फूल्दै गरेका विभिन्न जातका लालीगुराँसको दृश्यावलोकन गर्दै टेम्के लेक पुगेको थियो । टेम्केश्वरी माईको दर्शन गरि डा.जीवन जीवन्तद्वारा लिखित नवीनतम उपन्यास चरैवेतिको सामूहिक लोकार्पण गरिएको थियो । लोकार्पण कार्यक्रममा मन्तव्यका क्रममा संक्षिप्त प्रकाश पार्दै लेखकले धर्मका नाममा गरिने कुनै पनि अतिबाद र त्यसका नाममा खोजिएको सत्य सर्वकालिक नहुने भएकोले मानवजातिले सदैव नवीन सत्यको खोजी गरिरहनुपर्ने भावभूमीमा चरैवेतिको जन्म भएको बताएका छन् । यसैक्रममा छोटो प्रतिक्रिया दिंदै विश्लेषक अभय श्रेष्ठले आफूले चरैवेति पुरै पढिनसकेको तर जीवन जीवन्तको लेखन शैलीले आफ्नो हृययलाई तान्न सफल रहेको हुनाले पाठकको मन जित्न सफल हुने बिश्वास व्यक्त गर्दै उपन्यास भित्रको सानो पद्यांस पढेर सुनाएका थिए । सो अवसरमा खोटेहाङ गापा ९जस्को नामबाट समग्र खोटाङ जिल्लाको नामाकरण गरिएको बताइन्छ । टेम्केलेकमा सहभागीता जनाउन आएका कविहरु रोशन पौडेल, भगवतीप्रसाद शर्मा, भक्त सापकोटा,भुवन गाँउले, भानुभक्त सापकोटा, देवराज सापकोटा, कृष्णश्री राई लगायतले रचना वाचन गरेका थिए ।

फर्कने क्रममा लामाखु स्थित मदन राई लामाखुलेको निवासमा पदयात्रा टोलीलाई भव्यरुपमा स्वागत गर्दै न्यानो आतिथ्य सत्कार गरेका थिए । दिक्तेल नगरपालिका वडा नम्बर ९ लामाखुका वडाध्यक्ष उमेश कठायतले यति धेरै साहित्यकारहरुलाई एकसाथ स्वागत गर्न पाउँदा अत्यंत खुशी लागेको बताएका थिए । सो अवसरमा मदन राईद्वारा पदयात्री टोलीलाई माला खादा लगाई चिया नास्ताले स्वागत गरेका थिए । पश्चात टोलीले भुलभुले दुधकुण्ड देवधाम मन्दिर दर्शन गरि त्यसको धार्मिक महत्वका बारेमा जानकारी लिनुका साथै वडा नम्बर ६ स्थित बडाध्यक्ष माधव राईको घरमा नाचगान सहित मिष्ठान्न सहभोजन गरी प्रेमपूर्ण आतिथ्यले पुलकित भएका थिए । यसैगरि चौंथो अर्थात् यात्राको अन्तिम दिन तुवाचुङ स्थित रैछाकुले (भाइ) तयामा (दिदी) खियामा (बहिनी) पार्क (मन्दिर) को अवलोकन भ्रमण गरी हिन्दु बौद्ध जैनको साझा धरोहरको रुपमा रहेको प्रसिद्ध हलेसी महादेव,बसाहा गुफाको दर्शन गरी अवलोकन भ्रमण सुसम्पन्न भयो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend