जन आकाश
काठमाडौं । आज एक समारोहबीच सिटिजन्स क्यापिटल लिमिटेड र सिद्धि हाइड्रो कम्पनी लिमिटेड बीचसाधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा सिद्धि हाइड्रो कम्पनीलिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष राज नेपाल तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सिद्धि हाइड्रो कम्पनी लिमिटेडको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।
सिद्धि हाइड्रो कम्पनी लिमिटेडले निमार्ण गरिरहेको आयोजना “सिद्धि खोला जलविद्युत आयोजना”इलाम जिल्लामा अवस्थित रहेको छ र सो आयोजना १० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend