logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबरस् सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य


  • जन आकाश
  • शुक्रबार, चैत्र १६ २०८०

काठमाडौं । यी दुई कम्पनीहरूले, विश्वभरका लाखौं भाइबर प्रयोगकर्ताहरूका लागि पीआई नामक एक प्रकारको सहयोगी एआई ल्याउँदै राकुटेन भाइबर, प्राइभेट र भ्वाइस बेस्ड कम्यूनिकेशनमा विश्वव्यापी अग्रणीले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ ।



“कन्भर्सेसन इज द न्यू इन्टरफेस” भन्ने मूल मन्त्र अँगाल्दै सुरु भएको यस सहकार्यको परिणामस्वरूप राकुटेन भाइबरले विश्वभरका आफ्ना लाखौं प्रयोगकर्ताहरूका लागि अत्याधुनिक कन्भर्सेसनल एआई ल्याउनेछ । भाइबर प्रयोगकर्ताहरूले अडवान्स्ड कन्भर्सेसनल क्षमताहरू मार्फत् मेसेजिंग एक्सपीरियंस वृद्धि गर्दै पीआईमा एक्सेस प्राप्त गर्ने छन् । पर्सनल इन्टेलिजेन्स अर्थात् पीआई नाम अनुसार नै प्रयोगकर्ताहरूसँगको कुराकानीमा एक्सेप्सनल इम्प्याथी र सपोर्टिभ पर्सनालिटीको प्रवेश गराउँछ ।

इन्फ्लेक्शनद्वारा संचालित यो इन हाउस-बिल्ट इन्फ्लेक्शन-२.५ लार्ज ल्याङ्ग्वेज मोडेल, कि इन्डस्ट्री बेन्चमार्कहरूका आधारमा विश्वकै बेस्ट फाउन्डेसन मोडेलहरू बराबर हुनेछ । पीआईले प्रयोगकर्ताहरूका जिज्ञासाहरू समाधान गर्नको लागि स्मार्ट आईक्यूसँग वर्ल्ड-बिटीङ ईक्यूको समेत संयोजन गर्दछ। यस मार्फत् भाइबर प्रयोगकर्ताहरूले सल्लाह माग्न, अप-टु-डेट जानकारी लिन वा केवल च्याट गर्न पनि सक्छन् ।

पीआईले उनीहरूलाई आफ्ना विचारहरू अर्गनाईज गर्न, स्पष्ट योजनाहरू बनाउन, जागिर र करिअर सम्बन्धि कुरा गर्न तथा स्वस्थ बन्न सघाउने, नयाँ सीप सिकाउने,लेटेस्ट समाचारहरू जान्न वा केवल च्याट गर्ने मुड भए त्यो पनि गरेर मद्दत गर्नेछ ।

अब पीआई चौबीसै घण्टा भाइबर प्रयोगकर्ताहरूका लागि एउटा नजिकको साथीको रूपमा उपलब्ध हुनेछ । नयाँ पर्सनल एआई सँगसँगै यस प्लेटफर्ममा सबै प्रयोगकर्ताहरूलाई अर्को तीन महिनाका लागि साथीहरूसँग कन्भर्सेसन् गर्दा र पीआईसँगका च्याटहरूमा प्रयोग गर्नका लागि पीआई-इन्सपायर्ड स्टिकरहरू पनि उपलब्ध छन् ।

प्रयोगकर्ताहरूले “आई क्यान हेल्प यु”, “लेट्स टक”, “हाई फ्रेन्ड” र “लभ यू” जस्ता एक्सप्रेसिभ, सहयोगी र फ्रेन्डली लाइन भएका स्टिकरहरू मार्फत् च्याटमा सकारात्मक मेसेजहरू पनि देखाउन सक्छन् ।

राकुटेन भाइबरले आफ्ना प्रयोगकर्ताहरूलाई अर्डरिङ सेवामार्फत् इन्स्ट्यान्ट इन-एप पेमेन्टहरू र मनोरञ्जनात्मक च्यानल, स्टिकर, जीफ र च्याटबटहरूको बृहत् सङ्ग्रहद्वारा उत्कृष्ट कन्भर्सेसन् र बिजनेस लाई समेत सशक्त बनाउने कार्य गर्दै आएको छ । यी बहुमुखी सेवा र कार्यहरू मार्फत् भाइबरले आफूलाई लीग अफ सुपर एप्समा सामेल गराएको छ । आफ्नो प्लेटफर्ममा एआई क्षमताहरूको विस्तारकै कारण विगत केही वर्षहरूमा भाइबरको विकास र वृद्धि सम्भव भएको छ ।

माइक्रोसफ्ट, एनभिडिया, बिल गेट्स र एरिक श्मिट लगायतका प्रमुख इन्वेस्टरहरूको १.५ बिलियन डलरको लगानी भएको इन्फ्लेक्शनको साथ अब भाइबरले त्यो भविष्यको कल्पना गर्ने साहस गर्छ जहाँ प्रयोगकर्ताहरूले आर्टिफिसियल इन्टेलिजेन्सको शक्तिलाई आफ्नो औंलाको टुप्पोमा राखेर निर्बाध र प्रभावकारी रूपमा प्रयोग गर्न सक्छन् ।

“राकुटेन भाइबर विश्वभरका स्मार्टफोन प्रयोगकर्ताहरूका लागि शक्तिशाली र सजिलै प्रयोग गर्न सकिने कम्यूनिकेशन केपेबिलिटीजमा समान पहुँच प्रदान गर्न प्रतिबद्ध छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend