logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ


  • जन आकाश
  • शुक्रबार, चैत्र १६ २०८०

काठमाडौं । वैशाख १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहबीच नेपालको प्राज्ञिक क्षेत्रका स्तम्भ संस्कृतिविद प्रा. डा.प्रेम खत्रीको समसामयिक निबन्ध संग्रह पुस्तक विमोचन तथा उहाँ अध्यक्ष भएक सम्पदा अनुसन्धान सदनको स्थापना दिवस मनाइएको छ ।



कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले मुख्य अतिथ्य ग्रहण गरेका थिए । भने विविध क्षेत्रका प्राज्ञिक व्यक्तिहरू तथा उच्च पदस्थ सरकारी अधिकारीहरू को बाक्लो उपस्थिति रहेको थियो। गोष्ठी तथा कार्यक्रम बीच डा.मुक्ति सिंह लामा तथा डा.तारामणि राईले आफ्ना क्षेत्रगत विशेषज्ञतामा आधारित प्राज्ञिक प्रस्तुति गरेका थिए भने कार्यक्रमको होस्टिङ अन्जु केसीले गरेका थिए ।

विविध क्षेत्रका प्राज्ञहरूले आफ्ना विचार समेत गोष्ठीमा राखेका थिए।आफ्नो ६ दशकभन्दा लामो समय नेपालको शिक्षा क्षेत्रमा अर्पण गरेका  प्रा.डा.प्रेम खत्रीको विशेष अनुभव तथा नेपालका इतिहास संस्कृति आदि विविध विषयहरू निबन्ध संग्रहमा संकलित गरिएको छ ।

नेपालमा बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउनको लागि अनुसन्धानरत विद्यार्थीहरूलाई प्राज्ञिक सहायता तथा अनुसन्धानको गुणस्तर विकास गर्नका लागि सम्पदा अनुसन्धान सदनको शुभारम्भ भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend