logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

UK को नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल


  • जन आकाश
  • शुक्रबार, चैत्र १६ २०८०

काठमाडौं ।  काठमाडौंको नयाँ बजारमा स्थित अग्रणी शैक्षिक संस्था मनास्लु स्कुलले आज डिजीस्कुल नेपाल, सँग महत्वपूर्ण साझेदारीको समझदारी पत्रमाहस्ताक्षर गर्यो । यो सहकार्यले मनास्लु स्कुलका बिद्यार्थीहरूलाई डिजिटल शिक्षाका अग्रणी संस्था एनसीसी एजुकेशन, युकेको विश्वस्तरीय कम्प्युटर पाठ्यक्रममा पहुँच प्रदान गर्नेछ ।



मनास्लु स्कुलले प्रगतिशील शिक्षा (Progressive Education) प्रणाली लागु गरि  STEAM  शिक्षा (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला, र गणित)  विषयहरुमा बिशेष ध्यान केन्द्रित गरेको छ । डिजी स्कुल कम्प्युटर पाठ्यक्रम अपनाएर, मानस्लु स्कूलले आफ्ना विद्यार्थीहरूलाई कोडिङ, कृत्रिम बुद्धिमत्ता (AI), रोबोटिक्स, इन्टरनेट अफ थिङ्गस (IoT) लगायत सूचना प्रविधि ( ICT) का अन्य विविध विषयको नवीनतम ज्ञान र कौशल प्रदान गर्नेछ ।

मनास्लु स्कुलका सीइओ, नरेश प्रसाद श्रेष्ठ भन्नुहुन्छ, “हामी यो साझेदारीले ल्याउने सम्भावनाहरूबारे उत्साहीत छौं । डिजीस्कुल कम्प्युटर पाठ्यक्रमलाई हाम्रो शैक्षिक कार्यक्रममा समावेश गर्नुको प्रमुख उदेश्य अहिलेको डिजिटल युगमा हाम्रो बिद्यार्थिहरूको सफल भविष्य सुनिश्चितताका लागि समय सापेक्ष शिक्षा प्रदान गर्नु नै हों ।“ नवीनतम र गुणस्तरीय समग्र शिक्षा (Holistic Education)  को अनुभवबाट प्रत्येक बिद्यार्थिको प्रतिभा र अन्तर्निहित क्षमतालाई सशक्त गर्दै लग्ने मनास्लु स्कुलको प्रतिवद्धतालाई डिजीस्कुल संगको यस सहकार्यले थप पुष्टि गरेकोछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend