logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन


  • जन आकाश
  • आइतबार, चैत्र १८ २०८०

काठमाडौँ । हलवालाहरूको छाता संस्था नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित भएका छन् । शनिबार आयोजित संघको ४९ औँ वार्षिक साधारणमा भएको कार्यसमिति निर्वाचनमा उनले प्रत्याशी कुवेर शर्मालाई पराजित गर्दै विजय हासिल गरेका हुन् ।



महर्जनले शर्मालाई ६० मतले पछि पर्दै विजय हासिल गरेका थिए । महर्जनले १०६ मत प्राप्त गर्दा शर्माले ४६ मत प्राप्त गरे । साधारणसभाबाट सदस्यहरूमा करण श्रेष्ठ, गोपालकाजी कायस्थ, देवेन्द्र खड्गी, गोविन्द शाही, प्रज्वल राणा, ओमप्रकाश जैसी, आशिष तामाङ, छविराज ओझा, कपिलप्रसाद द्धा, दिप्रश शाक्य, नीरज गुप्ता, राजकुमार श्रेष्ठ, सुरेन्द्र थापा निर्वाचित छन् ।

निर्वाचित सदस्यहरूबाट आइतबार बस्ने कार्यसमितिको बैठकले विधानअनुसार उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायतका पदमा मनोनीत गर्नेछ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend