logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

आज सत्ता गठबन्धनको बैठक बालुवाटारमा


  • जन आकाश
  • आइतबार, चैत्र १८ २०८०

काठमाडौँ । सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । उपनिर्वाचनको तयारी, प्रदेश सिट बाँडफाँट लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित एमालेका अध्यक्ष केपी ओली, उपप्रधानमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र उपप्रधानमन्त्री एवं जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी भएका छन् । गठबन्धनबाट साझा उम्मेदवार चयन र प्रदेश सिट बाँडफाँट टुङ्गो लगाउने तयारी भएको बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend