logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

लक्ष्मी सन्‌राइज बैंकको लैङ्गिक समानता र महिला सशक्तीकरण कार्यक्रम


  • जन आकाश
  • आइतबार, चैत्र १८ २०८०

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले समावेशीता, समानता र सशक्तिकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोड दिँदै "Spark '24: Empowering Women in Leadership – Inspire Inclusion"  कार्यक्रमको आयोजना गरेको छ ।



उक्त कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका माननीय सदस्य लिली थापा, अन्तराष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा दबान सान्चेज, एफ वान सफ्ट ग्रुपका पियुष पौड्याल तथा भायनेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक लगायतका वक्ताहरुले महिला नेतृत्व र सशक्तिकरणको बारेमा आफ्ना महत्वपूर्ण धारणाहरु राखेका थिए ।

कार्यक्रमको समापन मन्तव्यमा लक्ष्मी सन्‌राइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बैंकका महिला कर्मचारीहरूको व्यवसायिक विकास तथा मानसिक एवं शारिरिक सुस्वास्थ्य सुनिश्चित गर्न बैंक प्रतिबद्ध रहेको बताए । यस पहलमा वृहत मेन्टरसिप कार्यक्रम, लक्षित नेतृत्व प्रशिक्षण, गर्भावस्थाको समयमा लचिलो कार्य व्यवस्थाहरू र महिला कर्मचारी भएका कार्यालयहरूमा स्याहार केन्द्र तथा स्तनपान कक्षहरूको व्यवस्था लगायतका योजनाहरू समावेश छन् ।

वहाँले महिलाहरूलाई व्यक्तिगत र व्यवसायिक रूपमा सक्षम बनाउने वातावरण निर्माण गर्न बैंक प्रयत्नशील रहेको उल्लेख गर्दै उत्पीडन र भेदभावका मामलामा शून्य सहनशीलता कायम गर्ने नीति मार्फत सबैका लागि मनोवैज्ञानिक रूपमा सुरक्षित र सम्मानजनक कार्यस्थल बनाउने प्रतिबद्धता जाहेर गरे ।

साथै वहाँले बैंकमा लैङ्गिक प्रतिनिधित्त्व वृद्धि गर्नुपर्ने आवश्यकतालाई स्वीकार गर्दै सक्षम र योग्य महिला जनशक्तिको व्यावसायिक वृद्धि र उन्नतिलाई प्रेरित गर्ने उद्देश्यले विभिन्न पहलहरू कार्यान्वयन गर्न जारी राख्दै भविष्यमा कर्मचारीहरुको निम्ति संस्थाले प्रदान गर्नुपर्ने हेरचाह र उपयुक्त समयको व्यवस्थापनमा हामी तयार रहने बताए ।

पछिल्लो तथ्यांक अनुसार नेपाली बैंकहरूको समग्र महिला कर्मचारी त्गचलयखभच चबतष्य ७५ रहेकोमा लक्ष्मी सन्‌राइज बैंकको १५ भन्दा कम हुनुले समावेशी र सहयोगी कार्यस्थलको वातावरण सिर्जना गर्ने बैंकको प्रयासको सकारात्मक परिणामहरू झल्काउँछ। हाल बैंकको ३६५ जनशक्ति महिला छन् भने महानगरहरूमा सो अनुपात ४५५ रहेको छ। काठमाडौं उपत्यका भित्रका बैंकका करिब ४०५ शाखामा महिला शाखा प्रबन्धकहरू रहेका छन् भने बैंकको २५५ विभागको नेतृत्त्व महिलाहरुले गरीरहेका छन् ।

सो कार्यक्रमको अन्त्यमा लैगिंक समावेशीता, समानता र सशक्तिकरण झल्काउन सबै सहभागीहरू मिली आधुनिक मिथिला पेन्टिङ  पनि बनाइएको थियो । लक्ष्मी सनराइज बैंकको Turnover ratio ७%  कार्यक्रमले एक वार्षिक परम्पराको सुरुवात गरेको छ, जसले सकारात्मक परिवर्तनलाई अगाडि बढाउने र सबैका लागि थप समावेशी र समतामूलक भविष्य निर्माण गर्ने बैंकको प्रतिबद्धतालाई सुदृढ पारेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend