logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

स्किल वीक् पाँचौं संस्करण हुँदै


  • जन आकाश
  • सोमबार, चैत्र १९ २०८०

काठमाडौं । ग्लोकल आफ्टर स्कुलले स्किल विककार्यक्रमको पाँचौं संस्करण गर्ने भएको छ । यो कार्यक्रमले रोजगारीमा चाहिने सीपका लागि इको सिस्टम निर्माणको लागि कडा उद्देश्य रादख्छ ।



स्किल वीक एक हप्ते कार्यक्रमहो जसमा विभिन्न सीपमूलक तालिमह लगायत सीप युक्त कार्यशाला, तालिम, केस अध्ययन लगायत मनोरन्जनलाई मध्यनजरमा राख्दै सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोसिस गरिने छ । कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बद्द्दोे सिप प्रतिको महत्व,ब्यापार, सेवा, आधुनिक प्रबिधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्य लिई स्किल वीक नामक कार्यक्रम मार्च ३१ देखि अप्रिल ८ सम्म सन्चालन हुँदैछ । १५ देखि ३० वर्षकाले कार्यक्रममा सहभागीता जनाउन सक्नेछन र सोहि कार्यक्रमबाट सिप बिकासको बारे जानकारी लिन सक्नेछन् ।

यो युवाहरुका लागि एक खुल्ला मन्चह सम्पूर्ण आवेदन निशुल्क हुनेछन र युवाहरुले सिपका बिभिन्न किसिमका यस क्षेत्र,बजारको माग एवम सिपको महत्वका बारेमा जानकारी पाउने छन । स्किल वीकले युवाहरुलाई बिभिन्न सिपका बारेमा अन्बेशन गर्न, आफु सन्लग्न हुन एवम ज्ञान हासिल गर्न सहयोग पुग्नेछ ।

यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरूमा प्रदर्शन गरिनेछ । यसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्यर बिज्ञान र प्रबिधीरहेका छन् । कार्यक्रमका मुख्य बिशेषताहरु – छलफल, सिपमुलक प्रस्तुती, केस अध्ययन प्रतियोगिता, प्रतिस्पर्धा, कार्यशाला, तथा मनोरन्जन रहेका छन् ।

मार्च ३१ देखि अप्रिल ८ सम्म बिभिन्न संघसंस्थाद्वारा अन्लाईन तथा अफलाइन तालिम एवम कार्यशाला प्रदान गरिने छ । अप्रिल ६ मा, स्किल फेस्ट नामक अत्यन्त रमाइलो कार्यक्रम किंग्स कलेजमा सन्चालन गरिनेछ । त्यसैगरी यस वर्षको सीप सप्ताह चारवटा विषयमा आधारित छ जसमा हरित इकोसिस्टम, डिजिटल रूपान्तरण,अन्तर्राष्ट्रिय कनेक्टिभिटी र Dual/VET अप्रेन्टिस सिप पर्दछन् ।

यसका अतिरिक्त, अप्रिल ७ मा एक राउन्ड टेबल छलफल आयोजना हुँदैछ जहाँ सीप विकासलाई बढावा दिन“उद्योग – एकेडेमिया”बिचको अन्तर सम्बन्धका बारेमा छलफल हुनेछ । ८ अप्रिल, समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२४ नामक भब्य कार्यक्रम सन्चालन गरिनेछ ।

सी ई वो अनप्लग्ड ग्लोकलको वार्षिक रुपमा सन्चालन गर्ने कार्यक्रम हो । यो एक फोरम हो जहाँ ब्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवम नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्ग दिशा प्रदान गर्न सन्चालन गरिन्छ । कार्यक्रमको मुख्य नारा भनेको – “Today Meets Tomorrow” रहेको छ ।

स्किल वीक कार्यक्रमको महत्त्वपूर्ण पक्ष स्किल हिरो अवार्ड रहेको छ । स्किल हिरो अवार्ड सान्दर्भिक र परिणाममुखी सीप विकासलाई लागू गरेर सीप विकासको लागि आफ्नो प्रतिबद्धता प्रदर्शन गरेर उत्कृष्टता प्राप्त गरेका व्यक्तिहरूलाई सम्मान गर्ने मञ्च हो । सोही दिन स्किलको क्षेत्रमा योगदान दिएका ५ जना ब्यक्तित्वहरुलाई सम्मानित गरिनेछ । कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि यो कार्यक्रम विभिन्न संसंस्थाको साझेदारिमा सन्चालन हुन गईरहेको हो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend