logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेशनल लाइफ इन्स्योरेन्स काठमाण्डू शाखाद्वारा पुनर्ताजगी तालिम तथा अभिकर्ता सम्मान सम्पन्न


  • जन आकाश
  • सोमबार, चैत्र १९ २०८०

जयराम बिडारी



काठमाडौ  । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाण्डौ शाखा घण्टाघरद्वारा अभिकर्ताको क्षमता अभिबृद्धि गर्ने उदेश्यले शाखा कार्यालयमा एक भव्य कार्यक्रमको आयोजना गरि अभिकर्ता पुनर्ताजगी तालिम तथा कम्पनिले विभिन्न समयमा ल्याएका लक्ष्य हासिल गर्न सक्षम अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सुसम्पन गरेको छ ।

काठमाण्डौ शाखा कार्यालय घण्टाघरमा एक बिशेष कार्यक्रमका बीच नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका डिसिओ स्मृतिराज कंडेलद्वारा दीप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो,भने कम्पनिका बगमति प्रदेश प्रमुख जयराम धितालद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको थियो । स्वागत मन्तव्यका क्रममा धितालद्वारा लक्ष्य प्राप्तिका लागि कम्पनिले अभिकर्ता हरुलाइ निरंतर रुपमा प्रोत्साहित गर्दै अघि बढ्ने उद्देश्य रहेको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिका रुपमा रहेका डिसिइओ स्मृतिराज कंडेलले कम्पनिको लामो समयदेखिको व्यवसायिक अनुभव ,बलियो आर्थिक सुचांक नेपाली बीमाबजारमा उत्कृष्ट बोनस, अनुभवी एवं मेहनती अभिकर्ताका साथै चुस्त र सक्षम व्यवस्थापनका कारण कम्पनिले निरंतर प्रगति गरिरहेको बताउंदै प्रोभिजनल बोनसको व्यवस्था गर्नुपर्ने बाध्यात्मक अवस्थामा अन्य कम्पनिहरुको बोनसदर घटिरहेको परिप्रेक्ष्यमा समेत नेशनल लाइफले सम्बद्ध सवैको साथ र कडा आर्थिक अनुशासन पालनाले बोनसमा उत्कृष्टता जोगाउन सक्नु ठूलो उपलब्धि रहेको बताउँदै आगामी दिनमा यसको शाख जोगाउन सवैले आ-आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने कुरामा जोड दिएका छन् ।

यसैक्रममा मार्केटिंग प्रमुख विवेक शर्माले प्रेरक मन्तव्यका क्रममा उत्कृष्ट प्रतिफलका लागि ३७ वर्षदेखि निरंतर प्रतिवद्ध रहंदै आएको,उत्कृष्ट बीमा योजना सहित राष्ट्रीय बाणिज्य बैकको प्रवर्द्धनमा निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनि नेशनल लाइफमा क्रियाशील रहेका अभकर्ताहरुले आफ्ना लक्ष हासिल गर्न योजनावद्ध रुपमा लाग्नुपर्ने बताउंदै कम्पनिद्वारा विभिन्न समयमा ल्याईएका मासिक लक्ष्यहरु पुरा गर्दै जाने हो भने अभिकर्ताहरुलाई वर्षको अन्तमा आफ्ना लक्ष्य पुरागर्न कठिनाई नपर्ने भएकोले सवैलाई उत्कृष्टता प्राप्त गर्नका लागि शुभकामना व्यक्त गरेका छन् ।

उक्त अवसरमा कम्पनिद्वारा बिभिन्न समयमा मासिक रुपमा दिईएको लक्ष्य मुक्तिनाथ भ्रमण स्किम,कालिञ्चोक भ्रमण स्किम बल्थली भिलेज रिसोर्ट लगायत कलकत्ता शैक्षिक तालिममा सहभागी हुन सफल ३५ जना अभिकर्ताहरुलाई सम्मानित गरी उत्साह अभिवृद्धि गरिएको थियो ।

सो अवसरमा कम्पनिको हरेक स्किम हाशिल गर्न सफल रहेका तीन दशकदेखि बीमा क्षेत्रमा सक्रिय भगवान पाण्डेले यस्ता कार्यक्रमले बीमा क्षेत्रमा कर्म गरिरहेका अभिकर्ता हरुको उत्शाहबृद्धि हुनुका साथै लक्ष हाशिलमा बल पुग्ने बताउंदै ब्यापार अभिबृद्धी गर्नमा सघाउ पुर्याउँदै बीमामा सर्वसाधारणको सहज पहुंच पुर्याउन मद्धत गर्ने कुरा बताएका छन् ।

कम्पनिका क्षेत्रीय प्रवन्धक सुमोद थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा डिसिइओ स्मृतिराज कंडेल मार्केटिंग प्रमुख विवेक शर्मा,सहायक क्षेत्रीय प्रवन्धक रबिन्द्र शाक्य,बागमति प्रदेश प्रमुख जयराम धिताल ,तथा वरिष्ठ विकास अधिकृत प्रशान कपालीको समुपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको थियो । साथै उक्त अवसरमा एकैदिन बीसवटा बीमालेख जारी गरिएको थियो ।

उक्त कार्यक्रममा सभापतिको भूमिकामा रहेका क्षेत्रीय प्रवन्धक सुमोद थापाले बीमा क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका अभिकर्ताहरुको कार्यक्षमतामा यल्ता पुनर्ताजगी कार्यक्रमले विशेष भूमिका खेल्ने बताएका छन् ।

सयौंका संख्यामा अभिकर्ताको उपस्थिति रहेको सो कार्यक्रम चक्रप्रसाद जोशीद्वारा संचालन गरिएकोा उक्त कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend