logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

बारामा एक वर्षमा दुई लाख ७१ हजार मेट्रिक टन धान उत्पादन


  • जन आकाश
  • बुधबार, चैत्र २१ २०८०

कलैया । बारा जिल्लाका किसानले यस वर्ष ६२ हजार २० हेक्टर क्षेत्रफलमा अग्हनी, भदैया र चैते धान रोपेर दुई लाख ७१ हजार ६२ मेट्रिक टन उत्पादन गरेका छन् ।



कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहका अनुसार चालु आर्थिक वर्षमा अग्हनी धान ३४ हजार एक सय २० हेक्टरमा लगाइएकामा एक लाख ३३ हजार आठ सय ९२ मेट्रिक टन उत्पादन भएको थियो । त्यसैगरी, भदैया धान ११ हजार नौ सय हेक्टरमा रोपेर ५१ हजार एक सय ७० मेट्रिक टन फलाइएको थियो । सोह्र हजार हेक्टरमा गरिएको चैते धान ८० हजार मेट्रिक टन उत्पादन भएको थियो ।

अधिकांश किसानले खेतबाट नै धान बेचेका थिए । अग्हनी प्रतिक्विन्टल रु तीन हजार चार सय, भदैया प्रतिक्विन्टल दुई हजार नौ सय र चैते धान प्रतिक्विन्टल तीन हजारमा बिक्री भएको थियो । गत वर्ष दुई लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend