logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

राष्ट्रपति पौडेलको तनहुँमा आगमन


  • जन आकाश
  • शुक्रबार, चैत्र २३ २०८०

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल आज तनहुँको भिमाद आउने भएका छन् । भिमाद नगरपालिका–६ स्थित जनज्योती क्याम्पसको १६ औं वार्षिकोत्सव, पाँचौ अधिवेशन एवं क्याम्पसको नवनिर्मित भवन उदघाटनका लागि राष्ट्रपति पौडेल भिमाद आउने भएका हुन् ।



राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरबाट भिमाद आउने छन् । बिहान ११ बजे जनज्योती क्याम्पस परिसरमा कार्यक्रम सुरु गर्ने गरी तयारी गरिएको क्याम्पस प्रमुख केशवराज काफ्लेले बताए ।

राष्ट्रपति पौडेल यसअघि गत चैत १७ गते देवघाट आएका थिए । राष्ट्रपति पौडेल आउँदो वैशाख ३ गते म्याग्दे गाउँपालिकाको नवनिर्मित भवन उदघाटनका लागि तनहुँ आउने कार्यक्रम तय भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend