logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेपाल टेलिकमको सुन्धारा अन्तर्गतका क्षेत्रहरुमा कपर प्रविधिको टेलिफोन सेवा बन्द


  • जन आकाश
  • शुक्रबार, चैत्र २३ २०८०

काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरुमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन (PSTN) वालाई फाईबर टू दी होम (FTTH) प्रविधिमा स्तरोन्नती गरेको छ ।



मिति २०८०र१२र२२ गते दू.सं.का.सुन्धारामा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कपर प्रविधिको टेलिफोन सेवाको स्वीच अफ गरी यो सेवा बन्द गरेको हो ।

कपर प्रविधिबाट वितरित टेलिफोन तथा ए.डि.एस.एल. लाईनहरु पूर्ण रुपमा आधुनिक फाईबर प्रविधिको FTTH नेटवर्कमा Migration कार्य सम्पन्न गरी कपर नेटवर्क बन्द गरिएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी तथा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले टेलिकम क्षेत्रमा प्रविधि रुपान्तरण आवश्यक रहेकोले त्यसैको निरन्तरता तथा समयको माग अनुरुप पुरानो कपर प्रविधिलाई आधुनिक फाईबर प्रविधिमा रुपान्तरण गरिएकोमा खुशी व्यक्त गरे ।

FTTH प्रविधिमा Migration भईसकेपछि ग्राहकले अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा समेत प्राप्त गर्न सक्ने भएकोले यो सेवा ग्राहकहरुका लागि फलदायी हुने विश्वास कम्पनीको रहेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend