logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

सुनसरीका दुई पालिकामा निषेधाज्ञा


  • जन आकाश
  • शुक्रबार, चैत्र २३ २०८०

विराटनगर । सुनसरीको हरिनगरा गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बरवडा लक्षित गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।



सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि ती स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली, भेलाजम्मा, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न र नगराउन उल्लेख छ ।

सो क्षेत्रमा गत चैत २२ गते एक समूहले एक युवालाई आक्रमण गरेको विषयमा विवाद बढ्दै गएको थियो । दुई समूहबीच बढेको विवादले उग्र रुप लिने भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend