logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

ग्लोबल मनि विक २०२४ अन्तरगत आयोजित निबन्ध प्रतियोगिताको विजेता घोषणा


  • जन आकाश
  • आइतबार, चैत्र २५ २०८०

काठमाडौं । विश्व वित्तिय सप्ताह २०२४ (Global Money Week 2024) को उपलक्ष्यमा धितोपत्र ब्रोकर्श एशोसिएसन नेपाल (डिब्यान) ले आयोजना गरेको राष्ट्रब्यापी निबन्ध प्रतियोगिताको बिजेताको घोषणा भएको छ ।



२०८० फाल्गुण ३० गते एक सूचना मार्फत विभिन्न कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरेको थियो । प्रतियोगितामा सहभागिताको अन्तिम दिन २०८० चैत्र ०७ गते साँझ ०५ बजे भित्र देशभरीबाट निबन्ध पठाई सहभागि भएका तथा प्रतियोगिताको नियम बमोजिम सामेल भएका ३२ जना प्रतियोगिहरुबाट बिजेता छनौट गरिएको छ ।

“Initiatives in fostering financial literacy in Capital Market of Nepal”   विषयमा आयोजित सो निबन्ध प्रतियोगितामा सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट किर्तिपुरमा अध्ययनरत विद्यार्थी कल्पना राजवंशी प्रथम भएका छन् ।

काठमाण्डौ विश्व विद्यालय स्कुल अफ म्यानेज मेन्ट ललितपुरमा अध्ययनरत विद्यार्थी प्रज्वल विक्रम थापा द्वितीय भएको छ । मानसरोवर बहु मुखीक्याम्पस, हुम्लामा अध्ययनरत विद्यार्थी प्रदिप घर्ति क्षेत्री तेश्रो भएको छ । प्रतियोगितामा विजेता हुने मध्ये प्रथमले रु. ५० हजार, द्वितीयले रु. २५ हजार र तृतीयले रु. १५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालले प्राप्त निबन्धहरुको अध्ययन तथा विजेता छनौट गर्नका लागि हरिप्रसाद वाग्ले, विष्ण कुमार गिरी र सन्दिप राणा सहित गठन गरेको ३ सदस्यीय मुल्यांकन समितिले प्राप्त निबेदनहरु उपर विषय वस्तुको प्रस्तुति, त्यसको ब्याख्या, भाषा र विषय वस्तुको कभरेजको आधारमा मुल्यांकन गरी बिजेताको छनौट गरेको हो ।

विश्व वित्तिय सप्ताह (Global Money Week) किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्व सम्बन्धमा जागरण ल्याउने उद्देश्यले विश्व व्यापी रुपमा बर्षे मनाइने अभियान हो । यो सप्ताह हरेक वर्ष Organization of Economic Cooperation and Development (OECD) को आयोजना तथा नेपाल राष्ट्र बैंकको संयोजनतथा नेपाल धितोपत्र बोर्ड र बीमा प्राधिकरणको सहसंयोजक त्वमा नेपालमा पनि मनाइने गरिएको छ ।

विजेताहरुलाई धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालले एक कार्यक्रम आयोजना गरी पुरस्कार रकम हस्तान्तरण गर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend